भाषा आयोगबाट सङ्घीय भाषा ऐन २०८० का लागि निर्णयसहित प्रक्रिया अगाडि बढायो
काठमाडौँ । २०८० साल पुस ११ गते बुधार ।
भाषा आयोगको मिति २०८० साल पुस १२ गते बुधबारका दिन बसेको ९० औँ बैठकले भाषा आयोगबाट सिफारिस गरेअनुसार सरकारी कामकाजको भाषा प्रदेशगत रूपमा लागू गर्न आयोगको तर्फबाट सहजीकरण, प्राविधिक सहयोग र सहकार्य गर्ने निर्णय गरेको छ । साथै, आयोगबाट ७ वटै प्रदेशहरूमा भाषा आयोगको सिफारिस कार्यान्वयन गर्न लेखी पठाउने निर्णय गरेअनुसार पत्रचार गरेको छ।
भाषा आयोगका मा.अध्यक्ष डा.गोपला ठाकुरको अध्यक्षतामा बसेको उक्त बैठकले हाल बागमती प्रदेशमा प्रदेश भाषा ऐन पारित भई कार्यान्वयनको क्रममा रहेको र मधेश प्रदेशमा समेत मस्यौदा तयारी भई पारित गर्ने क्रममा रहेको हुँदा यसका लागि सङ्घीय भाषा ऐन २०८० आवश्यकता महसुस गरेर संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्रालयमार्फत सङ्घीय भाषा ऐन पारित गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
स्मरणीय कुरा के देखिन्छ भने भाषा आयोग वि.सं.२०७८ सालमा नै सङ्घीय नमुना भाषा ऐन २०७८ तयार गरेको थियो भने आयोगले यसलाई कानुनी रूपमै वैधानिकता दिन यसअघि सम्बद्ध मन्त्रालयहरू संस्कृति, कानुन र कानुन आयोगको समेत सुझाव लिएर मस्यौदा ऐन तयार गरिसकेको थियो। यस निर्णयसँगै नेपालमा सङ्घीय भाषा ऐन २०८० को मस्यौदाले कार्यान्वयन प्रक्रिया सुरू भएको देखिन्छ।