इन्टेग्रिटी आईकन नेपाल २०२३ सार्वजनिक

इन्टेग्रिटी आईकन नेपाल २०२३ सार्वजनिक

भर्खरै सरकारले आफ्नो एक वषको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा केही उल्लेखनिय उपलब्धिहरू भनेर पनि समेटिएको थियो । त्यस मध्ये प्रमुख उपलब्धिका रुपमा, भुटानी शरणर्थी, ललिता निवास जग्गा प्रकरण र सुन काण्ड लगायत भ्रष्टाचार र अनियमितताका विरुद्ध सरकारले चालेको कदमलाई लिएको छ । यसबाट पनि प्रष्ट हुन्छ, जबसम्म देशले सुशासन र विधिको शासनमा उल्लेख्य प्रगती गर्न सक्दैन, तबसम्म अन्य उपलब्धि गौण हुन जान्छन् । त्यसमा पनि सुशासन र विधिको शासनलाई चलायमान बनाउने सार्वजनिक संयन्त्र र त्यसभित्र रहेर काम गर्ने व्यक्तिको भूमिका अझ बढी महत्वपूर्ण हुन्छ। साथसाथै, नागरिकका आधारभूत आवश्यकताहरू जस्तै, स्वास्थ्य, शिक्षा, खानेपानी, सुरक्षा आदी क्षेत्रमा रहेर काम गर्ने कर्मचारीले इमानदारी पूर्वक काम गर्ने हो भने त नागरिकले अझ बढी विधिको शासनलाई अनुभूत गर्न पाउँछन् । अकाउन्बिलिटी ल्याब नेपालले दश वर्षदेखि इन्टेग्रिटी आइकनमार्फत सार्वजनिक संयन्त्र भित्रका त्यस्तै कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्दै आइरहेको छ ।

यस वर्ष इन्टेग्रीटी आईकनका लागि देशभरीबाट ४६६ मनोनयन प्राप्त भएका थिए ।प्राप्त मनोनयनहरूबाट निर्णयक समितिले यस वर्षका पाँच जना इन्टेग्रीटी आईकनक छनौट गरेका थिए।निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशि राज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहनुभएको थियो ।

इन्टेग्रिटी आइकन २०२३ का लागि छनौट भएका व्यक्तित्वको संक्षिप्त विवरण यस प्रकार रहेको छः

१. हेमा थापा, अस्पताल नर्सिङ निरीक्षक, नारायणी अस्पताल, वीरगञ्ज

हेमा थापा विगत २८ वर्षदेखि नारायणी अस्पताल, वीरगञ्जमा काम गरिरहेकी छिन् । हेमालाई चिन्नेहरू कसैले उनलाई असहायको सहारा ठान्दछन, कसैले उनलाई परिवर्तनको प्रयाय त कसैले उनलाई प्रेरणा।उनको कामको मूल्याङ्कन गर्दै उनलाई ल्क्ष्ऋग् को जिम्मेवारी दिईयो।उनले सरकारी मापदण्द पूरा हुने गरी २ वर्षमा अक्सिजन पाइपलाइन देखि कंगारु आमा हेरचाह इकाई सम्म स्थापना गरेर ल्क्ष्ऋग् मा हुनुपर्ने सबै मापदण्ड पूरा गरिन्।NICU बिभाग पाँच बेडबाट स्तरोन्नति भएर दस बेडको भयो।२०७८ साल देखि उनि एकद्वार संकट व्यवस्थापन केन्द्रको फोकल पर्सनको रुपमा पनि काम गरिरहेकी छिन्।एउटा साँघुरो कोठामा सिमित, नाम मात्रको केन्द्रलाई चलायमान बनाईन्।उनले नेतृत्व लिएको ७ महिनामा वीरगञ्ज अस्पताल स्थित एकद्वार संकट व्यवस्थापन केन्द्रलेसरकारले तोकेको मापदण्ड पूरा गरेको छ।कोभिडको बेला त हरेक चुनौतीपूर्ण काममा उनिनै अगाडी सरिन्।यतिसम्मकी कोभिड विरुद्धको पहिलो खोप कसैले लिन मानेका थिएनन्।यसमा पनि हेमा नै अगाडी सरिन् जसले गर्दा अन्य कर्मचारी तथा सर्वसाधारणमा खोप लगाउने हौसला मिल्यो ।

२. नीरा अधिकारी, निर्देशक, महिला तथा बालबालिका विभाग

सरकारले अपांगमैत्री नीति बनाउँदा आउने निर्विकल्प नाम हो, नीरा अधिकारी । अपाङ्गता अधिकार ऐनमा महिलाको खण्ड नै थिएन । व्यक्तिगत अपांगताको विषय मात्र उल्लेख थियो । अपाङ्गता भएका महिलाको अवस्था फरक हो भनेर बुझाईन । ऐन आउने बेलामा दफा थपेर नै ऐन ल्याईयो । अहिले विभागलाई उनि कागज रहित कार्यालय बनाउने अभ्यासको नेतृत्व आफै गरिरहेकी छिन् । विभागले ल्याउने कार्यक्रमहरूका लागि सार्वजनिक परिक्षणको ढाँचा परिवर्तन् गरेकी छिन् । संख्यामा आधारित सर्वेक्षण भन्दा पनि वास्तविक सेवाग्राही सरकारले दिने सेवालाई कसरी हेरेका छन् ? महिलाका लागि सरकारले उपयुक्त कार्यक्रम ल्याउन सक्यो कि सकेन ? कस्ता कार्यक्रम ल्याउदा बढी प्रभावकारी हुन्छ ? जस्ता प्रश्नावली सर्वेक्षणमा राख्ने गरेकिछिन् ।

३. पद्मनाथ आत्रेय, बागवानी विकास अधिकृत, शितोष्ण बागवानी विकास केन्द्र, मार्फा, मुस्ताङ

प्राय सेवाग्राही सरकारी कर्मचारी भेट्न नपरे हुन्थ्यो भन्ने ठान्दछन । जानै परे नानाथरी झन्झट व्यहोर्नुपर्ने पुर्व मानसिकता लिएर जाने गर्दछन् । तर पद्मनाथ एक अपवाद हुन् । उनि जहाँ हुन्छन, उनलाई खोज्दै सेवाग्राही सरकारी कार्यालय आई पुग्दछन् । दुई कारणले सेवाग्राही उनलाई पच्छ्याउछन् । एउटा, उनी कृषकलाई उपयोग सामाग्रीहरू सबैले बुझ्ने भाषामा भिडियो, पुस्तक र सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक गरिदिन्छन्।अर्को कारण, सेवाग्राहीलाई आवश्यक पर्दा सकेसम्म जुनसुकै माध्यमबाट जुनसुकै समयमा सहजै उपलब्ध भईदिन्छन् । उनी मुस्ताङमा कार्यरत छन्, तर उनलाई पच्छ्याउदै युवाहरू विदेशबाट नेपाल फर्किएका अनि, रोल्पाबाट सेवा लिन मुस्ताङ आईपुगेका उदाहरणहरू पनि छन् । कृषि क्षेत्रमा उनको योगदान त्यतिमै सिमित छैन । नेपालमा उच्च उत्पादन दिने स्याउका गुणस्तरिय बिरुवा टिस्युकल्चर प्रविधिबाट नेपालमै पहिलो पटक मुस्ताङमा उत्पादन गर्दैछन् ।

 

 

४. प्रतिक राई, प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालय, झापा

प्रतिक राई व्यवस्था, नियम कानून अनुसार चल्नु पर्दछ र सेवामा सम्मान हुनुपर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दछन।सकेसम्म सेवाग्राहीले सरल सेवा पाउन र सेवा प्रवाहमा नियम कानूनको पालना होस् भन्ने चाहन्छन । अध्यागमन विभागको गैह्र पर्यटकिय शाखाको भिड ब्यवस्थापन गरेर सेवाग्राहीको मन जिते, जिल्ला प्रशासन कार्यालय, उदयपुरमा प्रशासकीय अधिकृत हुँदा सेवाग्राहीलाई सेवा लिन यताउता भौतारिन नपरोस भनेर खरिदार र सुब्बाको कोठा पछाडि टेबल कुर्सी राखेर काम गरे । हाल जिल्ला प्रशासन कार्यालय झापामा उनी प्रतिलिपि शाखामा कार्यरत छन । त्यहाँ नागरिकताको अनुसूचीहरू अस्तव्यस्त तरिकाले राखिएका थिए । उनले मिति अनुसार अनुसुचिहरूको फाइलिङ्लाई व्यवस्थित बनाए।यसका लागि उनले छुट्टीको दिन र बेलुका कार्यालय समय सकिएपछिको समय उपयोग गरे।यसले शाखाको कामलाई सहज बनायो । उनले आफ्नो कामबाट सेवाग्राहीलाई त सन्तुष्ट बनाएका छन् नै, सँगै काम गर्ने सहकर्मीलाई पनि प्रोत्साहित गरेका छन्। उनीसँगै काम गर्ने सहकर्मी खाजाको समय छोट्याएर पनि कार्यालय व्यवस्थित बनाउन लागिपरेका छन् ।

५.रबिना महर्जन, प्रधानाध्यापक, मनमैजु माध्यमिक विद्यालय, तारकेश्वर, काठमाण्डौ

सबै अभिभावक आफ्ना बालबालिका विश्व समुदायमा प्रतिष्पर्धा गर्न सकुन भन्ने चाहन्छन । तर, सरकारी विद्यालयबाट त्यो सम्भव छ भन्नेमा उनीहरू विश्वस्त हुन सक्दैनन् । उनीहरुको अन्तिम विकल्प भईदिन्छ निजि विद्यालय । तर, कुशल नेतृत्वले सरकारी विद्यालयको शाख जोगाउने मात्र होईन, आम मानसिकता बदल्न सक्छ भन्ने उदाहरण हुन रबिना महर्जन । महर्जनले व्यवहारिक शिक्षालाई जोड दिएपछि गणितमा रुची नै नभएका विद्यार्थीका लागि ५०% अंक सामान्य हुन थाल्यो । विद्यालय छोडेर खेतीपातीमा रमाउने विद्यार्थी बिद्यालय आउनथाले । रबिनालाई आफू पढाउने विद्यालयको गुणस्तर कुनै पनि निजि विद्यालयको भन्दा कम नहोस भन्ने चिन्ता हुन्छ । त्यसका लागि उनि शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलाप र व्यवस्थापनमा पनि सुधार गर्न लागि परिन्।विद्यार्थीहरूले बाल क्लब गठन गरी त्यसको नेतृत्व आफैँ लिन थाले।कक्षामा विद्यार्थीले सृजनात्मक क्रियाकलापको अभ्यास गर्नथाले।लेख रचनासँगै नियमित डायरी लेखन कार्यलाई अगाडी बढाए। त्यसले विद्यार्थीको आत्मविश्वास बढ्यो।त्यो कुरा समुदायमा प्रतिबिम्बित भयो।५०० बाट बढेर विद्यार्थी संख्या ८३३ पुग्यो ।

यि आईकन र उनिहरूले गरेका कामलाई हाम्रो सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट पनि हेर्न सक्नुहुनेछ।उहाँहरूलाई प्रोत्साहित गर्न यहाँहरूले वेबसाईटमार्फत सन्देश पनि पठाउन सक्नुहुनेछ।हामीलाई फलो गर्दै गर्नुहोला । आगामी पौष २७ गते सम्मान समारोह आयोजना गर्दैर्छौँ ।

 

You might also like