शक्ती र सत्ताको प्रभाबमा बझाङ प्रहरीः काग्रेस नेता भण्डारीलाई अभद्र ब्यवहार गर्ने लाई प्रक्राउ गरेन्

बझाङ । नेपाली काग्रेस बझाङका पुर्व पाटी सभापती सत्यराज भण्डारीलाई मदिरा सेवन गरि अभद्र ब्यवहार गर्ने थलारा गाउँपालिकाका दंगाजीका रबि खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छैन् । नेपाल तरुण दलको कार्यक्रमलाई सम्बोधन गर्न थलारा गाउँपालिका २ दंगाजी पुगेका भण्डारीलाई फोन मार्फत तथा कार्यक्रम स्थलमा आएर धम्क्याउने खड्कालाई कानुनी कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय निबेदन दिएको दुई साता बिती सक्दा पनि प्रहरीले नियन्त्रणमा लिएको छैन् ।
सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी गराउदै नेता भण्डारीले आफु माथी अनाहक रुपमा गाली गलौज गर्ने दंगाजीका रबि खड्कालाई सत्ता र शक्तिको प्रवाबमा परि प्रहरीले नियन्त्रणमा लिन नसकेको आरोप लगाएका छन् । उनले भने तिन साता अगाडी जिल्ला प्रहरी कार्यालय बझाङमा निबेदन दिएको भए पनि पटक पटक प्रहरी नायब उपरिक्षक गणेश बमलाई जानकारी गरेको १४ दिन सदरमुकाम चैनपुरमा बसेको भए पनि प्रहरीले नै ब्यवास्ता गरेको बताए ।

तिन साता अगाडी नेपाल तरुण दल थलारा गाउँपालिकाले आयोजना गरेको वडा भेलामा थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर जोशी मुर्दावाद भन्ने नारा किन लगाएको भनेर अपरिचित नम्बरबाट फोन गरेको र ५ मिनेटमा भेट्छु भन्दै कार्यक्रम स्थलमा आई गाली गलौज गरी आफु माथी हातपातको प्रयास गरेको बताए । उनले आफुले आफ्ना कार्यकर्ताहरुलाई हात जोडेर झगडा नगरौ पछि कानुनी उपचारमा जाउला भन्दै सम्झाएको भण्डारीले जानकारी दिए ।
तरुण दलको कार्यक्रममा कुनै ब्यक्ति र दललाई लक्षित गरि नारा जुलुस नलगाएको बताउदै भण्डारी भने कसैले नारा जुलुस गरेको प्रमाण भेटाउन चुनौती समेत छ । भण्डारीले भने कुनै नेता तथा दल बिषेसलाई मुर्दाबादको नारा लगाउनु आफ्नो नैतिकता नभएको बताउदै सत्ता र शक्तिको आडमा अपराधीलाई संरक्षण गर्नु दुर्भाग्य भएको समेत बताए । मैले छलफल गरौ भनेर बोलाएको हुँ र उसले मैले गल्ती गरे भनेर माफी माग्दा पनि हुथ्यो भन्ने भएको थियो ।
बझाङ प्रहरी पटक पटक सत्ता र शक्तिको आडमा प्रभावित हुने गरेको गुनासो समेत आउने गरेको छ । पछिल्लो समयमा राजनिती पावरका आधारमा मुद्धा दर्ता गर्न प्रहरीले आनाकानी गर्ने , अपराधीलाई कानुनी दायरामा ल्याउनुको साटो प्रहरीले उल्टै अपराधिलाई संरक्षण दिने गरेको,नेताहरुको प्रभावमा काम गर्ने गरेको नागरिक समाजको गुनासो छ । यता प्रहरी नायव उपरिक्षक गणेश बमले दुबै पक्ष संग कुरा भएको भने पछि आफुले कुनै ध्यान नदिएको बताए । उपरिक्षक बमले दुबै पक्षको कुरा मिल्यो भन्ने खबर आयो अनि त्यसमा ध्या दिन सकेनौ ।

गत असार १९ गते राती केदार स्यू गाउँपालिका ८ मा २२ वटा घर पहिरो ले बगाएको र ७ जना को मृत्यु भएको मा अमेरिका रहेका ब्यक्ति हरू बाट संकलन भएको र केहि रकम भारत बाट प्राप्त भई श्राबण १४ गतेका दिन (तिन लाख)पहिरो पिडित हरू लाई हस्तान्तरण गरेको गर्न बझा आएका नेता भण्डारी थलारा गाउँपालिका तरुण दलको कार्यक्रममा समेत सहभागी भएका थिए ।

You might also like