बझाङ । लामो समयको जिल्ला स्वास्थ्य कार्यालयमा पिसिआर मेसिन भित्रिए पछि एक साता भित्र नमुना परिक्षण गरिने भएको छ । गए जेठ महिनामा बझाङका १२ वटै स्थानीय तह र जिल्ला समन्वय समितिले आर्थिक जुटाए पछि पिसिआर मेसिन खरिद गर्ने निर्णय गरिएको थियो ।
लामो समयको प्रतिक्षाको पछि जिल्लामा मेसिन भित्रिए पछि लगत्तै मेसिन जडान गरेर नमुना परिक्षण गरिने भएको छ । जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डा सन्दिप ओखेडाका अनुसार मेसिन ल्याए पनि मेसिन जडान गर्ने बायोमेडिकल इन्जिनियर हाल बैतडीको मेसिन जडानमा व्यस्त भएकाले तत्काल जडान नसकिने भएको हो । बैतडीमा जडान गरि सकेपछि इन्जिनियर बझाङ आउने र प्रयोगशाला तयारी अवस्थामा रहेकाले इन्जिनियर आएको ३(४ दिनमै मेसिन जडान गरि सक्ने प्रमुख डा ओखेडाले बताउनुभयो । समयमै स्थानीय तहबाट रकम जम्मा नभएका कारण दुई हप्ता टेण्डर प्रक्रियामै अल्झिएका कारण ढिलाई भएको समेत डा. ओखेडाले जानकारी दिनुभयो ।
मेसिन ल्याउनका लागि मेडिसोलुसन इन्टरनेसनल प्राली काठमाडौैसँग १ करोड २५ लाख ४२ हजार १०० भ्याटसहित सम्झौता भएको थियो । मेसिन जिल्ला भित्रिएसँगै नमुना स्वाबको नतिजाका लागि हप्ता दिन कुर्नुपर्ने र सिमित रुपमा मात्रै नमुना स्वाब संकलन गर्नुपर्ने बाध्यता हटेको बताईएको छ । अब स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको एक टोली समुदाय स्तरमा गएर नमुना स्वाब संकलन गर्ने जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन डाक्टर मिलन खड्काले बताउनुभभयो । यस मेसिनले दिनमा २०० नमुना स्वाब परिक्षण गर्न सक्दछ । मेसिन खरिदका लागि नगरपालिका र जिल्ला समन्वयले १५ लाख र गाउँपालिकाहरुले १०÷१० लाख छुट्याएका छन् ।
३ आश्विन २०८१, बिहीबार
बझाङमा आईपुग्यो पिसिआर मेसिन , एक साता भित्रै नमुना परिक्षण गरिने
यो पनि पढ्नुहोस
You might also like