शनिबारीय विशेषाङकः अखिलकी चेली, निजामतिको ज्वाइँ

 

शनिबारीय विशेषाङकः अखिलकी चेली, निजामतिको ज्वाइँ

मानिसको जीवन संयोगवश प्राप्त धर्तीकै अमूल्य र अनुपम वरदान हो भन्न सकिन्छ। जैविकशास्त्रीय आधारमा डिम्ब र शुक्रकीटको मिलनपछि गर्भधारण भई जीवनको प्रारम्भ हुन्छ । तर आध्यामिक धारणामा जीवन दैवी लीला हो वा अलौकिक शक्तिबाट प्राप्त चोला हो । सामान्यतः जीवन प्राणीजगतमा जैविक समागमपछि स्वभावतः प्राप्त स्वभाविक जैविक मात्र नभई सामाजिक प्रक्रिया हो। किनकि मानव जीवनमा विवाह भनेको सामाजिक संस्कार र संस्कृतिको एक अभिन्न अंश वा कार्य हो । त्यसपछि नै मानव जीवनको वंशान्तरणको प्रारम्भ हुन्छ जुन सामाजिक पुस्तान्तरण मात्र नभई जैविक निरन्तरता पनि हो ।

हुनतः जन्म, मृत्यु र विवाहलाई नियति वा भाग्यको परिणति मान्ने गरिन्छ ।तर भौतिक रूपमा विवाह सामाजिक करार वा संस्कार मान्न सकिन्छ, जसलाई एक संयोग समेत भन्ने सकिन्छ तर सबै वैवाहिक सम्बन्ध संयोगका उपज भने होइनन् किनकि मागी, भागी, कानुनी,प्रेम विवाहजस्ता प्रकारान्तरका विवाहका स्वरूपहरू हाम्रा समाजमा अद्यापि प्रचलित छन् । जे होस्, विवाह जैविक र सामाजिक प्रक्रियाका स्वभाविक र व्यवहारिक पक्ष हुन् ।

जसरी राजनीति र निजामति सेवा एक अर्काका पर्याय वा एकै डुङ्गाका यात्री हुन् । किनभने राजनीति राज गर्नको लागि हो भने निजामति शासन गर्नको लागि हो।तसर्थ राजनीति नीति निर्माता वा मार्गदर्शक हो भने निजामति सेवा निर्मित नीतलाई कार्यान्वयन गर्ने हात वा सारथी हो। यी दुई क्षेत्र यति आबद्ध छन् कि एकअर्काको कार्यक्षेत्र वा सीमा नै निर्धारण गर्न सकिन्न।तथापि राजनीति र निजामति क्षेत्रमा सम्बद्ध व्यक्ति र व्यक्तिहरूको वैवाहिक सम्बन्ध भने अनपेक्षित र संयोग मान्ने गरिन्छ । नेपालमा त्यही अनपेक्षित मानिएको राजनीति क्षेत्रका चेली र निजामति क्षेत्रका अधिकृतहरूबीच वैवाहिक सम्बन्ध कायम भएको छ, संयोवश। त्यो जोडी होः हालको मा.सहरी विकास मन्त्री रामकुमारी झाँक्री र पशुपतिबाबु पुरी, उपसचिव नेपाल सरकार र भीमेश्वर नगरपालिकाका उपमेयरका उम्मेदवार संगिता तामाङ-पाख्रिन र डा.लोकबहादुर लोप्चन-तामाङको जोडी, उपसचिव, नेपाल सरकार ।

त्यो जोडीः अखिलका केन्द्रीय अध्यक्ष रामकुमारी झाँक्री र योजना अधिकृत पशुपतिबाबु पुरी

२०३४ सालमा गुल्मी जिल्लामा जन्मिएकी झाँक्री नेपालको समकालीन महिला नेत्रीहरु मध्ये निडर, हकी आँटिलो स्वाभाव भएकी नेता हुन। २०६५ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सम्हाल्दै गर्दा अखिलको ईतिहासमा पहिलो महिला अध्यक्षको रेकर्ड समेत राखेकी छिन्।

२०६१ सालमा राजाले सैनिक कुमार्फत सत्ता हातमा लिँदा उनी सडकमा निस्किइन् । त्यो समय राजतन्त्रको विरुद्धमा बोल्न मुस्किल थियो र चूनौतीपूर्ण । राजतन्त्र विरोधी मोर्चा सुरुमा युवा र विद्यार्थीले नै सम्हाले।

त्यो मोर्चाको अग्रस्थानमा थिइन् झाँक्री। पुलीसको निर्मम लठ्ठी झाँक्रीको टाउकोमा बज्रियो । टाउको फुट्यो। रगतको धारो बगाइन्,झाँक्रीले राजतन्त्र फाल्नकै निम्ति । र गणतन्त्र प्राप्ति पछि उनी प्रतिनिधिसभामा रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको समानुपातिक तर्फबाट सांसद् थिइन्।

नेतृ भाँक्रीले मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक तहसम्मको अध्ययन पूरा गरेकी छन् । २०७५ मा नेकपाको केन्द्रीय सदस्य भएकी उनी ७७ साल पुस ५ र ७८ साल जेठ सातमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सो कदमको खरो आलोचक बनिन् ।

गोर्खामा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रयोग गरेको शव्दका कारण ओली सरकारलाई उनलाई पक्राउ गरेको थियो तर चौतर्फी विरोध पछि प्रहरीले उनका पति पशुपति पुरीको रोहबरमा रिहा गरेको थियो ।

यी चर्चित नेतृका पति पुरी नेपाल सरकारका जागिरे हुन् । पशुपति र रामकुमारीबीचको ५ वर्षे लामो प्रेम सम्बन्धलाई विवाहमा रूपान्तरण गरेका थिए । उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरेकी हुन्। पुरी अहिले भौतिक पूर्वाधार मन्त्रालयको उपसचिवको रूपमा कार्यरत छन् ।

प्रधानमन्त्री देउवाले नवगठित एकीकृत समाजवादी पार्टी सचिब रामकुमारी झाँक्रीलाई शहरी विकाश मन्त्रालयको जिम्मेवारी दिएका छन्।

यो जोडीः अखिलकी केन्द्रीय सदस्य संगिता तामाङ-पाख्रिन र जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चन-तामाङ

देशमा विभिन्न राजनीतिक घटनाक्रमहरु घटे । यस्ता घटनाले नेपालको भूराजनीतिमा ठूला ठूला परिवर्तन भए, व्यवस्थाहरु रुपान्तरण भयो ।यसरी समयसँगै व्यवस्था परिवर्तन गर्ने संवाहकहरू भनेका युवा पुस्ता नै हुन् ।

इतिहासको पानामा यस्ता घटनाहरुले नयाँ रूप लिँदै गर्दा युवाहरू नै अग्रभागमा होमिएको पाउँछौं । त्यो २००७ साल होस, ०४६ चाहे २०६२/६३ मा । जसले युग परिवर्तनका लागि अग्रमोर्चामा लामबद्ध हुन हुन्छन् र आफूलाई राजनीतिक रुपमा स्थापित गर्न सक्षम हुन्छन्।
यस्तै पात्र हुन्,‘ संगिता तामाङ -पाख्रिन् ।

निडर स्वभाव, स्पष्ट वक्ता र कुशल नेतृत्व गर्न रुचाउने पात्र । आफू  रहेको राजनीतिक दलमा प्रतिबद्ध एक सम्भावित र प्रभावशाली व्यक्तित्व रुपमा परिचिन छिन, संगिता ।जो परिवर्तका लागि विद्यार्थीदेखि नै दोलखाको सदरमुकाममा हुने विभिन्न राजनीतिक आन्दोलनको मोर्चामा उभिइन् । जानेर या नजानेरै नेकपा एमालेको विद्यार्थी संगठनमा लागेकी थिइन् । अनेरास्ववियू दोलखाको इतिहासमा मात्रै नभएर उनी केन्द्रीय तहमा नै चर्चाको पात्र थिइन् ।विद्यालय तहमा अध्ययन गर्दादेखि नै नेपाल रेडक्रस सोसाइटि जुनियरबाट सामाजिक क्षेत्रमा हातेमालो गर्न थालेकी संगितालाई एमाले विद्यार्थी राजनीतिले थप उर्जा मिलेको थियो ।जस्ले उनको व्यक्तित्व विकाससँगै नेतृत्व विकासको नयाँ आयाम सुरु भएको थियो । त्यो समय २०५८ ताका थियो ।

दोलखा बोचमा वि.सं. २०४५ मा जन्मिएकी संगिता अहिले भीमेश्वर नगरपालिकाको उपमेयरको उम्मेदवार भएकी छिन् । गठबन्धन सरकारको निर्वाचन रणनीति अनुसार उनी नेकपा एसबाट दोलखा सदरमुकाम रहेको भीमेश्वर नगरको उपमेयरको सशक्त उम्मेदवार भएकी छिन् ।उनको चर्चा गठबन्धन नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र नै चर्चाको विषय बनेको छ । नेकपा एसबाट उपमेयरको उम्मेदवार संगिता हुनु कांग्रेसका लागि अर्को मन्त्र नै बनेको छ ।

स्व.रामबहादुर तामाङ र माता विष्णु माया तामाङका तीन दाजुभाइको प्रिय बहिनी हुन, उनी । गाउँकै विद्यालयमा कखरा गरी मावि तहको शिक्षापछि गौरीशकर क्याम्पस हुँदै आरआर क्याम्पसमा अध्ययन पुग्दा उनले शैक्षिक यात्रासँगै राजनीतिक उत्तरचढापहरु थुप्रै भोगेकी छिन् ।वि.सं. २०५६ मा कक्षा ६ अध्ययन गर्दा १४ वर्षको कलिलै उमेर अनेरास्ववियू प्रारम्भिक कमिटिको अध्यक्ष भएकी थिइन् ।
यसरी उनको राजनीतिक यात्रा तय भएको थियो । २०६५ सालमा गौरीशकर क्याम्पस दोलखाको अनेरास्ववियूका कोषाध्यक्ष पद सम्हाल्न पुगेकी थिइन ।

अनेरास्ववियू दोलखा जिल्ला अध्यक्ष हुँदै दुई कार्यकाल अनेरास्ववियू केन्द्रीय सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिको माथिल्लो तहसम्म पुगेकी थिइन् । उर्जाशिल र क्रियाशिलताले भरिएको संगिताले तामाङ समुदायको विभिन्न संघमसंगठनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेकी छिन् ।

आदिवासी जनजाति विद्यार्थी महासंघ दोलखाको अध्यक्ष

संगिता,आदिवासी जनजाति विद्यार्थी महासंघ दोलखाको अध्यक्ष समेत भएकी थिइन । नेपाल तामाङ विद्यार्थी घेदुङ दोलखाको अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्। विद्यार्थी घेदुङका केन्द्रीय उपाध्यक्ष हुँदै अहिले उनी नेपाल तामाङ घेदुङको केन्द्रीय सदस्यका रुपमा क्रियाशील पनि छन् ।

वैवाहिक जीवनयात्रा

वि.सं. २०७३ मा हालको खानीखोला गाउँपालिका निवासी दोलखा जिल्लाका तत्कालिन जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनसँग विवाह बन्धनमा बाँधिएका हुन् । हाल मण्डनदेउपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डा. लोकबहादुर लोप्चन र संगिता तामाङका दुई सन्तानहरुका सम्राट लोप्चन तामाङ र छेसाङ लोप्चन तामाङ दुई सन्तान छन् ।बहुभाषिक शिक्षा विषयमा विद्यावारिधि डा.लोप्चन शिक्षाविद एवम् मातृभाषा शिक्षाका विज्ञ हुन् । निजामति कर्मचारीतर्फ वि.सं.२०२१ मा इन्टिग्रिटी आइकनबाट समेत सम्मानित भएका छन् । उनको शिक्षा भाषाको प्रयोग सम्भाव्यता अध्ययनअनुसन्धान विधि पुस्तक भाषा आयोगबाट प्रकाशन भएको छ भने अघिल्लो वर्ष दोर्जे सरको पदचाप नाटक र यस वर्ष १०१ गीतहरूको सङ्ग्रह गाइने दाइको सारङ्गीमा बजारमा उपलब्ध छ।उनी भाषा क्षेत्रका विज्ञका साथै भाषिक अधिकारकर्मी भन्न आफूलाई रूचाउँछन् ।

वर्तमान राजनीतिक अवस्था

अहिले उनी नेकपा एस पाटीसँग संबद्ध छिन् । पाटिले विशेष युवा नेतृत्वको रुपमा उनलाई हेरिएको छ। नेकपा एमाले करिब तीन दशक राजनीतिमा क्रियाशिल उनी अहिले आफू जन्मिएको नगरकय नेतृत्वको लागि उर्जाको साथ लागि रहेकी छिन् ।

दोलखाका राजनीतिक नेता स्व.पुशपति चौलागाई, आनन्द पोखरेल, पार्वत गुरुङको राजनीतिक छत्रछायाँमा हुर्किएकी उही संगिता आज विविध कारणले फरक धारमा उभिएकी छिन् ।२०७४ को स्थानीय तहको निर्वाचनमा भीमेश्वर गरपालिकाको उपमेयरमा चर्चा चले पनि पारीवारिक कारणले नेतृत्व लिन सक्ने अवस्था थिएन ।

हाल उनी नेकपा एससम्बद्ध महिला संघ बागमती प्रदेशकी सचिव छिन् । उनको वर्तमान राजनीतिमा स्थानीय जनप्रतिनिधिदेखि प्रदेश तथा संघीय जनप्रतिनिधिका राजनीतिक पृष्ठधार भएका महिला नेतृत्व हुन्।महिला संघ समाजवादी दोलखाकी इन्चार्ज समेत हुन्।पाटीका निम्ति एक बफादार नेतृत्वको रूपमा स्थापित भइसकेकी संगीता अहिले भीमेश्वर नगरकै चर्चाको विषय बनेको छ ।जो हिजोको दिनमा आदिवासी जनजातिको आन्दोलनमा पुल्टो बाल्नेदेखि चर्को भाषण गर्ने त्यही संगिता फरक विचारकासाथ भीमेश्वर नगर नेतृत्वका लागि प्रयन्तरत छिन् ।

अन्तमा,

यसलाई विरलै जुट्ने संयोग नै मान्नुपर्छ अहिले दुवै नेतृहरू रामकुमारी झाँक्री र संगिता तामाङ नेकपा एस पार्टीको जिम्मेवार पदमा क्रियाशील छन् ।

 

 

 

 

 

 

 

You might also like