
हायु गाउँको विद्यालयः खाजाले विद्यार्थी नियमित भयो (ज्ञानबहादुर हायु,विव्यस अध्यक्ष)
अध्येताः डा.लोकबहादुर लोप्चन
मेरो नाम ज्ञानबहादुर हायु हो | यस विद्यालयको पुरानो अध्यक्ष कुलबहादुरन्थ्यो भने हाल सदस्यहरूमा जम्वीर भोण, बिष्णु हायु, सानु लिला बस्नेत छन् | लगभग २ वर्ष अवधि अहिले ५ वर्ष अवधि केटाकेटीका लागि खाजाको व्यवस्था छ | लगभग १०० जना विद्यार्थी छन् | वारिपारि छ पहिला ५०- ६० जना अहिले १०० जना थपियो तर वास्तविक हेड टिचरहरू कहिले घटबढले आउनु भयो| कहिले ठिक समयले आउनु भयो हाम्रो बच्चा रेगुलर राम्रो खाजा व्यवस्था गरेपछि ९ बजेदेखि लिएर १० बजेसम्म र ३ बजेसम्म एकदम पढाइन्छ । हाम्रो बच्चालाई पहिराले लग्यो | कोही बाहिर छ कोहिभित्र छ| कोहिले एस.एल.सी दियो कोही फेल भयो | अहिलेको अवस्थामा खाजा व्यवस्था धेरै राम्रोछ । सुविधा धेरै राम्रो भएकाले बच्चा लगभग १०० जना थपियो ७०-१०५ जना चाहिं एकदम मट्टामट्टी छ | एउटा भवन परिकन धनबहादुर कुक्वा सज्चालनगरियो । त्यसपछि उहाँको पनि मृत्यु भयो | अहिले त्यसपछि ५ लाख पहिले १८ लाख दुई सय पच्चिस बजेट यो दुई कोठे भवन तयार भयो | पाँच लाखको भवन फेरि तयार भयो । माग गरेको जति समेत ढुगा र माटो भरेको सम्पन्न भयो | अरू बॉकी हस्त नमस्ते ।
स्रोतः हायु लोकवार्ता सङ्ग्रह, भाषा आयोग