नेपालमा राज्यको मूलप्रवाहमा आउन नसकेका जातजातिको भाषिक अवस्था

नेपालमा राज्यको मूलप्रवाहमा आउन नसकेका जातजातिको

भाषिक अवस्था

डा.लोकबहादुर लोप्चन

का.मु.सचिव, भाषा आयोग काठमाडौँ

“मानिसलाई भाषाले जोड्छ न कि रगतले ।” बेनेडिक्ट एन्डरसन

१.परिचय

 बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसंस्कृतियुक्त नेपालमा राष्ट्रिय जनगणना २०७८ को अनुसार कुल १४२ जातजाति, १२४ भाषा र १० धार्मिक सम्प्रदायहरू रहेका छन् । यसमा आदिवासी/जनजातिहरू सूचीकृत जातिको संख्या ६० रहेको पाइन्छ (रा.ज.उ.प्र.ऐन, २०७ ) भने  राज्यबाट १० वटा जातिमा लोपोन्मुख जातिमा सूचीकृत गरिएका छन् (रा.सु.ऐन २०७५ को दफा २ खण्ड ६ सँग सम्बन्धित अनुसूचीमा आधारित) ।

नेपालमा बोलिने १२४ भाषाहरूमध्ये ६ वटा भाषा मात्र सुरक्षित देखिएका छन् भने २३ भाषाहरूमा १ हजार भन्दा कम वक्ता संख्या रहेकाले मृतप्रायः भाषा कहलिएका छन् । त्यसैगरी नेपाल भाषाका वक्ता ४४.८६% र नेपालीइतरका मातृभाषी वक्ता ५५.१४% रहेका छन्। यसबाट नेपालमा १,०१६,७,९९९ जनाले नेपालीबाहेक आफ्नै मातृभाषा बोल्ने गरेको पाइन्छ। यसको आशय यी मानिसहरूले नेपाली दोस्रो भाषाका रूपमा सिक्छन् र बोल्छन् ।

२.नेपालमा जात/जातिको अवस्था

२.१ आदिवासी/जनजातिको संख्यात्मक विवरण

नेपालमा पछिल्लो राष्ट्रिय जनगणना अनुसार कुल १४२ जातजातिमा ६० जातजाति आदिवासी/जनजातिअन्तर्गत सूचीकृत छन् । जसलाई तलको तालिकामा प्रस्तुत गरिएको छः

तालिका-१

आदिवासी /जनजाति संख्याः ६०

१.    किसान

२.    कुमाल

३.     कुशवाडिया

४.    कुसुन्डा

५.    गनगाई

६.    गुरूङ

७.    चेपाङ

८.    छन्त्याल

९.    छैरोतन

१०.  जिरेल

११. झाँगड

१२. डोल्पो

१३. ताङवे

१४.  ताजपुरिया

१५. तामाङ

 

१६. तीन गाउँले थकालि

१७. तोप्केगोला

१८. थकाली

१९. थामी

२०. थारू

२१. थुदाम

२२. दनुवार

२३. दराई

२४. दुरा

२५. धानुक (राजवंशी)

२६. धिमाल

२७. नेवार

२८. पहारी

२९. फ्री

३०ङवनकारिया

३१.बरामो

३२.बाह्र गाउँले

३३.बोटे

३४.भुजेल

३५.भोटे

३६.मगर

३७.माझी

३८.मार्फाली थकाली

३९.मुगाली

४०.मेचे (बोडो)

४१.याख्खा

४२.राई

४३.राउटे

४४.राजवंशी (कोच)

४५.राजी

 

४६.लार्के

४७.लिम्बु

४८.लेप्चा

४९.ल्होपा

५०.ल्होमी (शिङसावा)

५१.वालुङ

५२.ब्याँसी

५३.शेर्पा

५४.सतार (सन्थाल)

५५.सियार

५६.सुनुवार

५७.सुरेल

५८.हायु

५९.ह्योल्मो

६०.राना थारू ।

 

 

स्रोतः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०७५ को  दफा २ को खण्ड (क) सँग सम्बन्धित अनुसूचीमा आधारित

२.२ लोपोन्मुख जातिको संख्यात्मक विवरण

नेपाल सरकारको सामाजिक सुरक्षा ऐन, २०७५ का अनुसार देहायका १० जातजातिलाई राज्यबाट सामाजिक सुरक्षा भत्ता पाउने गरी लोपोन्मुख जातिअन्तर्गत सूचीकृत गरिएको पाइन्छ ।

तालिका-२

लोपोन्मुख जाति संख्याः १०

 

१.कुसुण्डा

२.राउटे

३.हायु

४.किसान

५.मेचे

 

 

६.वनकरिया

७.सुरेल

८.राजी

९.लेप्चा

१०.कशुवाडिया (पत्थरकट्टा, सिलकट, कुशबधिया, कुचबधिया) ।

 

 

२.३ मधेशी समुदायको अवस्थागत विवरण

सरकारद्वारा ९२ जाति र समुदाय सूचिकृत” भन्ने शिर्षकको सूचना २०६५ साल फागुन १४ गतेको कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित समाचारलाई आधारमा मधेशी समुदायअन्तर्गत देहायको जातिजाति रहेको पाइन्छः

अग्रहरी, अमात, उराव- झाँगड, कथवनिया, कमलापुरी, कमार, कहार, किसान, कानु, कायस्थ, कुमाल, केवट, कैबरथ, कुम्हार, कुर्मी, कुशवाहा- कोईरी, कुस्मा, कुसवाडिया, कलर, ककैहिया, कोरी, कलवार, कोचे, खटिक, खत्वे, खडिया, गनगाई, गडेरी / पाल, चमार / हरिजन, चिडीमार, तत्मा, ताजपुरीया, तेली, देव, दनुवार, दरै, दुसाध/पासवान, नोनीया, धोवि, धुनिया, धानुक, धिमाल, धामि, ठठेरी, डोम, पथरकटा, पासी, बंगाली, बिंद, बोटे, बानिया, ब्राम्हण, बढई, बातर, बरई, बीन, भूमिहार, भेडीया,मलाह / निसाध,मेहतर, यादव / अहिर, रस्तोगी, राजवंशी,मुसहर, माझी, मारवाडी, मुन्डा, मेचे, राजपुत, रौनियार,राजभर / राजवहार, हजाम/नाईराजधोव, राजी, लोध, लोहार, वर्णवाला/पोद्धार, वैश्य, सूतिहार, सरभंग, सरनरियाक, सुडी, सरबरीया, सन्यासी/जोगिया, सतार / संथाल, सिकारी, सोनार, शिख, हलुवाई, थारु र मुस्लीम / मुसलमान रहेका छन् ।

 

 

स्रोतः नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन, २०७८ (मधेशी आयोगबाट प्रकाशित)

३.जातजातिको  मूलप्रवाहीकरण वा बहिष्करणको अवस्था विश्लेषण

३.१ २०६३ बैशाखदेखि २०७९ चैत्रसम्म समुदायगत प्रतिनिधित्वको प्रतिशत

तालिका-३

२०६३ बैशाखदेखि २०७९ चैत्रसम्म समुदायगत प्रतिनिधित्वको प्रतिशत

२०६३ बैशाखदेखि २०७९ चैत्रसम्म समुदायगत प्रतिनिधित्वको प्रतिशत
क्र.सं. समुदाय राष्ट्रिय जनगना २०७८ अनुसार जनसंख्या प्रतिशत सङ्घीय व्यवस्थापिकामा प्रतिनिधित्वको संख्या व्यवस्थापिका प्रतिनिधित्वको औसत प्रतिशत कार्यपालिकामा प्रतिनिधित्वको औसत प्रतिशत
खस आर्य ३०.११ ९४१          42.79 ४४.७२
आदिवासी/जनजाति २८.५८ ५६२          25.56 २१.७४
दलित १३.३५ १३८            6.28 ४.७३
थारू ६.२ १२३          5.60 ५.८
मधेशी १६.३९ ३८०          17.28 २०.९
मुस्लिम ४.८६ ५५ २.५
महिला ५१.४४ ६२५ २८.४२ १५.३२

 

 

 

३.२ २०६३ देखि २०७९ सम्म व्यवस्थापिका संसदमा प्रतिनिधित्व नभएका जात/जाति ( रा.ज.२०७८)

तालिका- ४

२०६३ देखि २०७९ सम्म व्यवस्थापिका संसदमा प्रतिनिधित्व नभएका जात/जाति

क्र.सं. जातहरू जनसंख्या क्र.सं. जातहरू जनसंख्या
नुराङ ३६ ४१ बाहिङ ६५४७
वनकरिया १८० ४२ गाइने ६९७१
कुसुण्डा २५३ ४३ नाछिरिङ ७३००
सुरेल ३१८ ४४ केवरत ८८०९
ल्होमी ३५५ ४५ याम्फू ९१११
वालुङ ४८१ ४६ खटिक ९१५२
७. राउटे ५६६ ४७ ह्योल्मो ९८१९
तोप्केगोला ६४२ ४८ बोटे ११२५८
कोचे ८४७ ४९ चाम्लिङ १२१७८
१० फ्रि ९२१ ५० बंगाली १३८००
११ कलार ९३१ ५१ राजधोब १५३९१
१२ ल्होपा १३९० ५२ भोटे १५८१८
१३ किसान १४७९ ५३ याख्खा १७४६०
१५. चिडिमार १६१५ ५४ माली १९६०५
१६ कर्मारोङ १६६३ ५५ डोम १९९०१
१७ पञ्जावी/शिख १८४६ ५६ कोरी २०६७०
१८ मुगल/मुगम २१२४ ५७ राजभर २९२४०
१९ डोने २१२५ ५८ कुलुङ ३३३८८
२० ढाँडी २३३९ ५९ गडेरी/भेडियार ३५३९७
२१ कमार २५३२ ६० लोध ३९८७२
२२ नटुवा २८९६ ६१ गनगाई ४१४४६
२३ हलखोर २९२९ ६२ बढई ५२४३७
२४ बेलदार ३०३७ ६३ कथबानिया ५२४६६
२५ हायु ३०६९ ६४ बानियाँ ५३६५५
२६ पत्थरकट्टा/

कुशबाडिया

३३४३ ६५ कहार ५९८८२
२७ लेप्चा ३५७८ ६६ बरई ६८०११
२८ मुण्डा ३५८९ ६७ हलुवाइ ७१७९६
२९ धन्कार/

धरिकार

४०९० ६८ रानाथारू ८३३०८
३० चुम्बा नुब्री ४४१४ ६९ सोनार ९३३८०
३१ चाइ/खुलौत ४८०५ ७० कुम्हार ९५७२४
३२ साङपाङ ४८४१ ७१ लोहार १००६८०
३३ राजी ५१२५ ७२. सुडी १०७३८०
३४ ब्याँसी/सौका ५७१८ ७३ नुनीया १०८७२३
३५   मेवाहाङ बाला ५७२७ ७४ घर्ती/भुजेल १२०२४५
३६ सतबरिया ५७९३ ७५ मल्लाह २०७००६
३७ डोल्पो ५८१८ ७६ मुसहर २६४९७४
३८ आठपहरिया ५८७८   जम्मा जनसंख्या २०३४९१९
३९ खालिङ ५८८९   प्रतिशत ६.९८%
४० थुलुङ ६२३९      

 

 स्रोतः राष्ट्रिय समावेशी आयोग पञ्चवर्षीय प्रतिवेदन (२०७९)

३.३ राष्ट्रिय योजना आयोगले सन् २०१९ मा गरेको अध्ययनअनुसार बहुआयामिक गरिबीको रेखामुनि देहायअनुसार रहेको पाइन्छः

तालिका-५

गरिबीको आधारमा जागितगत वर्गीकर

क्र.सं. जातजाति रोजगारीको स्थिति/प्रतिशत
१. ब्राहमण/क्षेत्री ६३.० %
२. जनजाति १९.५५%
३. मधेसी १५.९५%
४. दलित १.९४%

 

.४ प्रतिनिधि सभामा सहभागिता, निर्वाचन २०७९ (जातजातिगत समावेशीकरण, समावेशीकरण आयोग प्रतिवेदन-) स्थिति

तालिका-६

प्रतिनिधि सभामा सहभागिता, निर्वाचन २०७९ (जातजातिगत समावेशीकरण) स्थिति

प्रतिनिधि सभामा सहभागिता, निर्वाचन २०७९ (जातजातिगत समावेशीकरण) स्थिति
क्र.सं. समुदाय जम्मा पुरूष महिला २०७८ को जनसंख्या संघीय संसद निर्वाचन प्रतिनिधि सभा(२०७९) प्रतिनिधित्व (प्रतिशतमा)
आदिवासी/जनजाति ६९ ४१ २८ २८.५८ २५.०९
खस आर्य १३० ९९ ३१ ३०.११ ४७.२७
दलित १६ १३.३५ ५.२८
थारू १३ ६.२ ४.७३
मुस्लिम ४.८६ १.८२
मधेशी ४२ २६ १६ १६.६९ १५.३९
  जम्मा २७५ १८४ ९१   १००

 

४.भाषिक अवस्थाको विश्लेषणका आधारहरू

४.१ युनेस्कोको भाषिक विश्लेषणको आधार

युनेस्कोका अनुसार भाषाको जीवन्तता वा लोपोन्मुखताको अवस्थालाई जनाउन देहायअनुसार वर्गीकरण गरिएको पाइन्छ । जसमा सुरक्षित, सङकटउन्मुख भाषा, सङकटग्रस्त भाषा, अति सङकटग्रस्थ भाषा, अत्यन्त सङकटगस्त भाषा र लोप भएका भाषा गरी ६ श्रेणीमा वर्गीकरण गरेर विश्लषेण गरेको पाइन्छ ।

तालिका-७

यनेस्कोको भाषिक विश्लेषणको आधार

S.N. Degree of endagerment Intergenerational Transmission
1. Safe language is spoken by all generations; intergenerational transmission is uninterrupted

 

2. Vulnerable most children speak the language, but it may be restricted to certain domains (e.g. home)

 

3. Definitely endangered children no longer learn the language as mother tongue at home

 

4. Severely endangered language is spoken by grandparents and older generations; while the parent generation may understand it, they do not speak it to children or among themselves

 

5. Critically endangered the youngest speakers are grandparents and they speak the language partially and infrequently

 

6.  Extinct there are no speakers left

Source: https://www.researchgate.net/figure/UNESCOs-Language-Vitality-and-Endangerment-framework_tbl1_348885489

 

 

४.२ समाजभाषावैज्ञानिक दृष्टिमा भाषाहरूको जीवन्ता र  लोपोन्मुखताको आधार

विश्वमा भाषावैज्ञानिक तथा भाषा अध्येताहरूले वक्ता संख्याको आधारमा कुनै पनि जातजातिको भाषाको जीवन्तता र लोपोन्मुखताको स्थितिलाई श्रेणीबद्ध गरेर भाषाको अवस्थालाई पहिचान गर्दै आएका छन्।  वक्ता संख्याको बहुलता र न्यूनता वा शून्यताको आधारमा देहायअनुसार ५ श्रेणीमा सुरक्षित भाषा,सुरक्षित प्रायभाषा, लोपोन्मुख भाषा, मरणोन्मुख भाषा र मृतप्रायः भाषामा वर्गीकरण गरेर भाषिक अवस्था पहिचान गरेको पाइन्छ ।

तालिका-८

भाषाहरूको लोपोन्मुखताको आधारमा वर्गीकरण

क्र.सं. भाषाहरूको लोपोन्मुखताको वर्गीकरण भाषिक वक्ता संख्या भाषाको संख्या भाषाहरू
१. सुरक्षित भाषाहरू  १० लाख भन्दा धेरै वक्ता भएका नेपाली, मैथिली, भोजपुरी, थारू, तामाङ र बज्जिका
२. सुरक्षित प्रायः भाषा १ लाखदेखि १० लाखसम्म वक्ता भएका १५ अवधी, नेपालभाषा, मगर ढुट, डोटेली, उर्दु, लिम्बु,

गुरूड, मगही, बैटडेली, आछामी, (राई), बान्तावा, राजवंशी, शेर्पा र खस।

 

३. लोपोन्मुख भाषा १० हजारदेखि १ लाखसम्म वक्ता भएका ३६ बझाङ्गी, हिन्दी, मगरखाम, चाम्लिङ, रानाथारू, चेपाङ, बाजुरेली, सन्थाली, दनुवार, दार्चुलेली, उराव, कुलुङ, अङ्गिका, माझी, सुनुवार, थामी, गन्गाइ, थुलुङ, बाइला, घले, साम्पाङ, मारवाड़ी, डडेलधुरी, धिमाल, ताजपुरिया, कुमाल, खालिङ, मुसलमान, वाम्बुले, बाहिङ, याक्खा, संस्कृत, भुजेल, भोटे, द(राई), याम्फु ।

 

४. मरणोन्मुख भाषा एक हजारदेखि १० हजारसम्म वक्ता भएका ४४ नाछिरिङ, ह्योल्मो, दुमी, जुम्ली, बोटे, मेवाहाङ, पुमा, पहरी, आठपहरिया, दुङमाली, जिरेल, तिब्बती, दैलेखी, चुम / नुब्री, छन्त्याल, राजी, थकाली, मेचे, कोयी, लोहोरुङ, केवरत, डोल्पाली, डोने, मुगाली, जेरूड, कार्मारोङ, छिन्ताङ, ल्होपा, लाप्चा, मुन्डा, मनाङके, छिलिङ, दुरा, तिलुङ, साङ्केतिक, ब्याँसी, बराम, बारागुवा, साद्री, अङ्ग्रेजी, मगरकाइके, सोनहा, हायु, किसान |

 

५. मृतप्रायः भाषा  १ हजार भन्दा कम वक्ता भएका २३ पञ्जाबी, धुलेली, राउटे, लुखिम, लोवा, कागते,वालुङ, नार- फु, ल्होमी, पोइ, कुर्माली, कोचे, सिन्धी, फाइदुवाली, बेल्हारे, सुरेल, मालपाँडे, खरिया, सधनी, हरियानवी, साम, बनकरिया र कुसुन्डा ।

 

 

स्रोतः नेपालका भाषा परिचयकोश  (१४१ भाषाको परिचयात्मक कोश), अमृत योञ्जन तामाङ  (अप्रकाशित पाण्डुलिपि, २०८०) ।

४.३ सरकारी कामकाजको भाषा निर्धारणका आधारहरू

तालिका-९

भाषा विकास र मानकीकरणका आधारहरू

 

क्र.सं. सिफारिस गरिएका आधारहरू सूचकहरू सूचकगत उपलब्धि र सुझावहरु
१. अधिक जनसंख्याको आधार नेपाल उत्पत्तिका भाषा र लिपि शीर्ष क्रममा पर्ने भाषा  
२. स्तरगत योजनाको सैद्धान्तिक आधार छनौट, स्तरण, कार्यान्वय र कार्यविस्तार प्रक्रिया बढेकोभाषाको शब्द, वाक्य र उच्चारणका भेदसमेत निर्धारण भएको  
लेखन प्रणालीको आधार  शब्दकोश र व्याकरण प्रकाशन भई पठनसामग्री उपलब्ध भएको हुनुपर्ने

भाषाको साहित्य, अभिव्यक्ति, सञ्चार सम्प्रेण

अभिलेखीकरणमा लेख्य पद्धतिको विकास भएको

 
४. अभिलेखको आधार अभिलेख राख्न र सूचना सम्प्रेषण गर्न सकिने  
५. आधारभूत सेवामा प्रयोगको आधार शिक्षा, स्वास्थ्य, सुरक्षा, कानुन निर्माण, अड्डा अदालत, जनप्रशासन,जनजीविका, प्रविधि, कृषि, वातावरण, वित्तीय कारोबार, विपद् व्यवस्थापन, नागरिक सचेतना,  
६. शिक्षाको माध्यम भाषाको आधार प्रदेशभित्र विद्यालय, विश्वविद्यालय, शिक्षण संस्थाको शिक्षण माध्यमको रूपमा प्रयोग भएको हुनुपर्ने,  
७. वक्ताहरूको सघनता र विस्तारको आधार भाषिक वक्ताको सघनता र फैलावट भएको

वक्ताको फैलावट भएको

 
८. भाषाको जीवन्तताको आधार भाषिक पुस्तान्तरण भएको, मौखिक र लेख्य परम्परा भएको  
९. सञ्चारमा प्रयोग भएको विद्युतीय र मुद्रणबाट सञ्चारमा प्रयोगमा भइरहेको  
१०. प्रविधिउन्मुख भाषाको आधार प्रविधिमा प्रयोग भइरहेको भाषा,

अन्तरभाषा अनुवाद पद्धतिउन्मुख

 
११. भाषाका वक्ता र भाषिक समुदायको आधार सम्बन्धित भाषाका वक्ता, सहभागिता र क्रियाशीलता अन्योन्यास्रित भएको हुनुपर्ने  

 

स्रोतः सरकारी कामकाजको भाषा सिफारिस (भाषा आयोग, २०७८ प्रतिवेदन)

५. नेपालको भाषिक अवस्थाको विश्लेषण

५.१ नेपालको भाषिक स्थिति

तालिका-१०

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको भाषिक अवस्था

 क्र.. मातृभाषा जनसङ्‍ख्या प्रतिशत  क्र.. मातृभाषा जनसङ्‍ख्या प्रतिशत  क्र.. मातृभाषा जनसङ्‍ख्या प्रतिशत
नेपाली 13084457 44.86 ४३ मारवाडी 21333 0.07 ८८ मनाङे 2022 0.01
मैथिली 3222389 11.05 ४४ डडेलधुरी 21300 0.07 ८९ छिलिङ 2011 0.01
3 भोजपुरी 1820795 6.24 ४५ धिमाल 20583 0.07 ९० दुरा 1991 0.01
थारू 1714091 5.88 ४६ ताजपुरिया 20349 0.07 ९१ तिलुङ 1969 0.01
तामाङ 1423075 4.88 ४७ कुमाल 18435 0.06 ९२ साङ्‍केतिक भाषा 1784 0.01
बज्जिका 1133764 3.89 ४८ खालिङ 16514 0.06 ९३ व्याँसी 1706 0.01
अवधी 864276 2.96 ४९ मुसलमान 16252 0.06 ९४ बाल्‍कुरा/बराम 1539 0.01
नेपाल भाषा(नेवारी) 863380 2.96 ५० वाम्बुले 15285 0.05 ९५ बारागुङवा 1536 0.01
मगर ढुट 810315 2.78 ५१ बाहिङ/बायुङ 14449 0.05 ९६ साद्री 1347 0
१० डोटेली 494864 1.7 ५२ याक्खा 14241 0.05 ९७ अङ्ग्रेजी 1323 0
११ उर्दु 413785 1.42 ५३ संस्कृत 13906 0.05 ९८ मगर काइके 1225 0
१२ याक्थुङ/लिम्बू 350436 1.2 ५४ भुजेल 13086 0.04 ९९ सोनहा 1182 0
१३ गुरूङ 328074 1.12 ५५ भोटे 12895 0.04 १०० हायु/वायु 1133 0
१४ मगही 230117 0.79 ५६ दरई 12156 0.04 १०१ किसान 1004 0
१५ बैतडेली 152666 0.52 ५७ याम्फु/याम्फे 10744 0.04 १०२ पन्जाबी 871 0
१६ राई 144512 0.5 ५८ नाछिरिङ 9906 0.03 १०३ धुलेली 786 0
१७ अछामी 141444 0.48 ५९ ह्योल्मो/योल्मो 9658 0.03 १०४ खाम्ची(राउटे) 741 0
१८ बान्तावा 138003 0.47 ६० दुमी 8638 0.03 १०५ लुङखिम 702 0
१९ राजवंशी 130163 0.45 ६१ जुम्ली 8338 0.03 १०६ लोवा 624 0
२० शेर्पा 117896 0.4 ६२ बोटे 7687 0.03 १०७ कागते 611 0
२१ खस 117511 0.4 ६३ मेवाहाङ 7428 0.03 १०८ वालिङ/वालुङ 545 0
२२ बझाङ्‍गी 99631 0.34 ६४ पुमा 6763 0.02 १०९ नार-फु 428 0
२३ हिन्दी 98399 0.34 ६५ पहरी 5946 0.02 ११० ल्होमी 413 0
२४ मगर खाम 91753 0.31 ६६ आठपहरिया 5580 0.02 १११ तिछुरोङ पोइके 410 0
२५ चाम्लिङ 89037 0.31 ६७ दुङमाली 5403 0.02 ११२ कुर्माली 397 0
२६ राना थारू 77766 0.27 ६८ जिरेल 5167 0.02 ११३ कोचे 332 0
२७ चेपाङ 58392 0.2 ६९ तिब्बती 5053 0.02 ११४ सिन्धी 291 0
२८ बाजुरेली 56486 0.19 ७० दैलेखी 4989 0.02 ११५ फाङदुवाली 247 0
२९ सन्थाली 53677 0.18 ७१ चुम/नुब्री 4284 0.01 ११६ बेलहारे 177 0
३० दनुवार 49992 0.17 ७२ छन्त्याल 4282 0.01 ११७ सुरेल 174 0
३१ दार्चुलेली 45649 0.16 ७३ राजी 4247 0.01 ११८ मालपाँडे 161 0
३२ उराउँ/कुडुख 38873 0.13 ७४ थकाली 4220 0.01 ११९ खरिया 132 0
३३ कुलुङ 37912 0.13 ७५ मेचे 4203 0.01 १२० सधनी 122 0
३४ अङ्गिका 35952 0.12 ७६ कोयी 4152 0.01 १२१ हरियान्वी 114 0
३५ माझी 32917 0.11 ७७ लोहोरूङ 3884 0.01 १२२ साम 106 0
३६ सुनुवार 32708 0.11 ७८ केवरत 3469 0.01 १२३ बनकरिया 86 0
३७ थामी 26805 0.09 ७९ डोल्पाली 3244 0.01 १२४ कुसुन्डा 23 0
३८ गनगाई 26281 0.09 ८० डोने 3100 0.01   अन्य 4201 0.01
३९ थुलुङ 24405 0.08 ८१ मुगाली 2834 0.01   उल्लेख नभएका 346 0
४० बङ्‍गला 23774 0.08 ८२ जेरो/जेरूङ 2817 0.01   सबै मातृभाषाहरू 29164578 100
४१ घले 23049 0.08 ८३ कर्मारोङ 2619 0.01        
४२ साम्पाङ 21597 0.07 ८४ छिन्ताङ 2564 0.01        

६. राज्यको मूलधारमा आउन नसकेका जातजातिको भाषिक अवस्था

६.१आदिवासी जनजाति समुदायले बोल्ने भाषाहरू

तालिका-१२

आदिवासी जनजातिले समुदायका भाषाहरू

 

थारू, तामाङ, नेपालभाषा, मगर ढुट, लिम्बु, गुरूङ, राई, बान्तावा,राजवंशी, शेर्पा, मगरखाम, चाम्लिङ, रानाथारू, सन्थाली, दनुवार, उराव, कुलुङ, सुनुवार, थामी,गन्गाई, थुलुङ, घले, साम्पाङ, धिमाल,ताजपुरिया, कुमाल, वाम्बुले, बाहिङ, याख्खा, भुजेल, बोटे, दराई, याम्फु, नाछिरिङ, ह्योल्मो, दुमी, बोटे, मेवाहाङ, पुमा, पहरी,आठपहरिया, दुङमाली, जिरेल, चुम/नुब्री, छन्त्याल, राजी, थकाली, मेचे,कोयी, लोहोरूङ,केवरत, डोल्पाली, डोने, मुगाली,कार्मारोङ, छिन्ताङ, ल्होपा, लाप्चा, मुण्डा, मनाङगे, छिलिङ, दुरा, तिलुङ, ब्याँसी,बताम, वारागुङवा,साद्री,मगरकाइके, सोनाहा, हायु,किसान, धुलेली, राउटे, लुङखिम, लोवा, कागते, वालुङ, नार-फु, ल्होमी, पोइके, कोचे, फाङदुवाली,बेल्हारे, सुरेल,मालपाँडे, खरिया, साम, वनकरिया र कुसुण्डा ।

 

६.२ मधेशी समुदायले बोल्ने भाषाहरू

तालिका-१३

मधेशी समुदायले बोल्ने भाषाहरूको सूची-३५

क्र.सं. मधेशी समुदायले बोल्ने भाषाहरू क्र.सं. मधेशी समुदायले बोल्ने भाषाहरू क्र.सं. मधेशी समुदायले बोल्ने भाषाहरू क्र.सं. मधेशी समुदायले बोल्ने भाषाहरू
१. अंगिका ११. गनगाई २१. मारवाडी ३१ सिन्धी
२. अवधि १२. ताजपुरिया २२. मुण्डा/मुडीयारी ३२. सोनहा
३. उराउँ/कुडुख १३. थारु २३. मुसलमान ३४. हिन्दी
४. उर्दू १४. धिमाल २४. मेचे ३५. हिरयान्वी
५. कठरीया थारू १५. पञ्जाबी २५. मैथिली    
६. किसान १६. बंगला २६. राजवंशी    
७. कुर्माली १७. बज्जिका २७. रानाथारु    
केवरत १८. बोटे २८. सधनी    
९. कोचे १९. भोजपुरी २९. सन्थाली    
१०. खरिया

 

२०. मगही ३०. साद्री    

स्रोतः राष्ट्रिय जनगणना २०७८, भाषा आयोगको अध्ययन अनुसन्धान प्रतिवदेनहरू र मधेशी आयोगको नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन (२०७८) ।

६.३ मृतप्रायः भाषा ( Extinct)

तालिका-१४

मृतप्रायः भाषाहरू

क्र.सं. जातजाति भाषा वक्ता संख्या प्रतिशत क्र.सं. जातजाति भाषा वक्ता संख्या प्रतिशत
१. पन्जाबी/

शिख

पन्जाबी 871 0 १४.   फाङदुवाली 247 0
२.   धुलेली 786 0 १५   बेलहारे 177 0
३. राउटे खाम्ची(राउटे) 741 0 १६. सुरेल सुरेल 174 0
४.   लुङखिम 702 0 १७.   मालपाँडे 161 0
५.   लोवा 624 0 १८.   खरिया 132 0
६.   कागते 611 0 १९.   सधनी 122 0
               ७.   वालिङ/वालुङ 545 0 २०.   हरियान्वी 114 0
८.   नार-फु 428 0 २१.   साम 106 0
९. ल्होमी ल्होमी 413 0 २२. वनकरिया बनकरिया 86 0
१०.   तिछुरोङ पोइके 410 0 २३. कुसुण्डा कुसुन्डा 23 0
११.   कुर्माली 397 0          
१२. कोचे कोचे 332 0          
१३.   सिन्धी 291 0          

 

७.  चुनौती र भावी गन्तव्य

नेपालमा भाषा र संस्कृतिको क्षेत्रमा संरचनागत र बाह्य प्रभाव एवम् भाषिक अपसरणसहित न्यून पुस्तास्तरणको चुनौती ठड्कारो देखिएको छ । यसबाहेक यस क्षेत्रका चुनौतीहरूः

  • अल्पसङ्ख्यक वा लोपोन्मुख जातिको समावेशीकरण र मूलप्रवाहीकरण (राज्य संरचना, भाषा, संस्कृति आदि),
  • भाषिक पुस्तान्तरण वा वंशान्तरण (वक्ताको संरक्षण, भाषा कक्षा सञ्चालन)
  • शिक्षा, सञ्चार र सरकारी प्रयोजनमा मातृभाषाको प्रयोग,
  • मातृभाषाको विकास र प्रयोग विस्तार,
  • भाषाको अन्तरभाषिक अनुवाद पद्धतिको विकास
  • भाषिक यान्त्रिक अनुवाद पद्धतिको विकास ( गुगल ट्रान्सलेसन)
  • मातृभाषाका लागि समानुपातिक लगानीको सुनिश्चितता,
  • जाती/भाषिक संस्थाको सक्षमता विकास र क्रियाशीलता,
  • विशेष, स्वायत्त र संरक्षीत क्षेत्र घोषणा र कार्यान्वयन ।

निष्कर्ष

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि एकल राज्य भन्दा बहुल राष्ट्रिय राज्यको अभ्यास हुने थालेको छ । नेपालको संविधान २०७२ को कार्यान्वयन र आम निर्वाचन,२०७४ पश्चात व्यवहारतः बहुलवाद र बहुलतालाई आत्मसात गरेर सङ्घ, प्रदेश र स्थानीय सरकारहरू गठन भई क्रियान्वित छन् । एक सङ्घीय सरकारसहित ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकारहरू यसका उदाहरण हुन् । वर्तमान संविधान र शासकीय व्यवस्थाको मूल मर्म नै राज्य संरचनामा सबै जाति र वर्गको समन्यायिक र अर्थपूर्ण सहभागितासहित समानुपातिक लाभांश प्रदान गर्नु र प्राप्त गर्नु हो ।

सन्दर्भ सामग्रीहरू

एण्डरसन, बेनेडिक्ट (२००६ इ.सं. ), इम्याजिन्ड कम्यनिटि, रावत प्रकाशन, नयाँ दिल्ली।

नेपालको राष्ट्रिय जनगणना प्रतिवेदन २०७८, केन्द्रीय तथ्याङ्क कार्यालय ।

नेपालको संविधान, कानुनी किताब व्यवस्था समिति, काठमाडौँ ।

नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन, २०७८, मधेशी आयोग, काठमाडौँ ।

नेपालामा राजनीतिक समावेशिताः एक अध्ययन, राष्ट्रिय समावेशी आयोग, काठमाडौँ ।

भाषा आयोगको बैठक ९७ का निर्णयहरू (२०८१), शङ्खमूल, काठमाडौँ ।

भाषा आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०७९/८० ।

योञ्जन तामाङ अमृत (२०८०), भाषा परिचयकोश, अप्रकाशित पाण्डुलिपि ।

राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन (२०७९/८०), राष्ट्रिय दलित आयोग, काठमाडौँ ।

सरकारी कामकाजको भाषासम्बन्धी सिफारिस प्रतिवेदन (२०७८), भाषा आयोग, काठमाडौँ ।

 

 

 

 

 

 

 

 

 

 

 

You might also like