बझाङ भदौ १४ गते । दुर्गाथली गाउँपालिकामा २० जना कोरोना संक्रमित देखिए पछि दुर्गाथली गाउँपालिकाको ४ नम्बर वडा आईतबारबाट निषेधाज्ञा जारी गरिएको छ । शनिबार मात्र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा एउटै वडाका २० जनामा संक्रमण देखिए पछि गाउँपालिकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा जारी भएपछि दुर्गाथली ४का चार किल्ला पूर्वमा चौधारी बजार, पश्चिममा दुधिला, उत्तरमा मौलाली जाफ्रीको सिमाना र दक्षिणमा गाग्रीपाटा भित्र प्रवेश गर्न नपाइने निर्णय गरेको दुर्गाथली गाउँपालिका अध्यक्ष प्रचराज जोशीले बताउनुभयो । साथै वडा नम्बर ४का वडाबासीले पनि आप्नो वडा भन्दा बाहिर जान नपाउने समेत अध्यक्ष जोशीले बताउनु भयो । दिन प्रतिदिन गाउँपालिकामा कोरोना संक्रमण फैलिदै गएकाले गाउँपालिकामा सबै भन्दा बढी जोखिम भएको वडा नम्बर ४ नै रहेको र दुई हप्ता सम्म निषेधाज्ञा गरिएको समेत उहाँले बताउनुभयो । उहाँले भदौ १४ गतेबाट जारी भएको निषेधाज्ञा भदौ २७ गतेसम्म जारी समेत जानकार िदिनुभयो ।
दुर्गाथलीमा देखिएका २३ जना संक्रमितलाई चौधारी माद्यामिक विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा राखिएको छ । गाउँपालिकामा एक घरबाट अर्को घर, एक टोलबाट अर्को टोल र एक वडाबाट अर्को वडा जान पूर्ण रुपमा निषेध गरिएको छ । निषेधाज्ञा जारी भएको समयमा अत्यावश्यक काम बाहेक जो कोही घर बाहिर निस्केमा संक्रामक रोग ऐन २०२० कारबाही गरिनुका साथै सिधै १४ दिन क्वारेन्टाइनमा राखिनेछ बताएको छ । बझाङमा हाल कोरोना संक्रमितको संख्या ३ सय २० पुगेको छ भने निको हुनेको संख्या २ सय ७७ पुगेको छ । अब बझाङमा ४१ जना कोरोना संक्रमित रहेका छन् । अहिलेसम्म एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ भने एक जना युवकले कोरोना रिर्पोट पोजेटिभ देखिएपछि आत्महत्या गरेका थिए ।
३ आश्विन २०८१, बिहीबार
एकै बडामा २० जनामा कोरोना संक्रमण देखिएपछि दुर्गाथली गाउँपालिकामा निषेधाज्ञा
यो पनि पढ्नुहोस
You might also like