बझाङ: बाढीले पुल बगाउँदा स्थानिय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । बुङ्गल नगरपालिका वडा नं १ मा स्थित गोइचन खोलामाथी रहेको पुल गोइचन खोलामा आएको बाढीले बगाँउदा गोइचन गाउँका स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
आसार १९ गते राती परेको अबिरल बर्षाको कारण खोलामा बाढी आएको र खोलामाथी रहेको आरसिसि पक्की पुल बगाएको स्थानिय सुरेश धामीले बताउनु भयो । बाढीले पुल बगाएपछी अहिले गोइचन गाउँका १०० बढी परिवारलाई वडाकार्याल, स्थानिय बजार, छिमेकी गाँउमा जान समस्या भएको छ भने, कोही बिरामी हुदाँ २ घण्टा लामोबाटोबाट स्वास्थय सँस्थामा जानुपर्ने अवस्था सिर्जना भएको स्थानियहरुले बताएका छन् । सामान्य बिरामी देखी गर्भवती, बालबालिकाको खोपको लागि स्वास्थ्यचौकी जान खोलामा ज्यानको वाँजी थापेर जानुपर्ने अवस्था आएको स्थानिय तिलक बोहराले बताउनु भयो ।
असार १९ गते आरसिसि पुल खोलाले बगाएपछी स्थानियहरुले पटक पटक खोलामा काठको पुल बनाउने गरेको भएपनी बर्षाका कारण उक्त पुल समेत खोलाले बगाउने गरेको बोहराले बताउनु भयो । आसार १९ गते र त्यस यता खोलामा आउने बाढीले पुल संगै जलविद्युत, ग्रामीण सडक, खानेपानी, पानी घट्ट, तथा खेतीयोग्य जमिनमा क्षती पुरयाएको छ । खोलामा पुल बगाएको र गाँउमा रहेको जलबिद्युत पनी खोलाले बगाएको महिनौ भइसक्दा समेत नगरपालिकाले कुनै चाँसो नदेखाएको स्थानियले आरोप लगाएका छन् । प्रहरी मुचुल्का सहितको प्रतिवेदन नमगरपालकामा बुझाइसक्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयले सुरेश धामीले बताउनु भएको छ ।