साइपाल गाँउपालिकामा जनचेतनामुलक कार्यक्रम गरियो

बझाङः साइपाल गाँउपालिका वडा नं. १ र २ मा बिश्वभरी फैलिरहेको नोभेल कोरोना भाइरस सम्वन्धि सचेतना कार्यक्रम गरिएको छ । गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामी, वडा नं. १ र दुईका वडा अध्यक्ष र तथा जनप्रधिनिधी, स्वास्थ्यकिर्म, बुद्धीजिवी लगाएतकाको सहभागितामा आम सर्वसाधारण ब्यक्तिहरुलाई कसरी कोरोनाबाट बच्ने तथा बचाउने भन्ने बारेमा छलफल गरिएके हो ।

कोरोना भाइरसबाट बच्नका लागी अपनाउन पर्ने उपायहरु, जनप्रतिनिधीहरुले गर्ने काम कर्तव्य तथा आम नागरिकले सुरक्षित कसरी रहने भन्ने बिषयमा छलफ गरिएको हो । बझाङ जिल्लाका सवै स्थानिय तहहरुमा कोरोना संक्रमण देखिएका कारण साइपाल गाँउपालिकामा भने कुनै ब्यक्ति नदेखिएकाले यसबाट बच्नका लागी उच्च सतर्कता अपनाउनु पर्ने गाँउपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो । साथै उहाँले अनिवार्यरुपमा माक्स लगाउन, भिडभाड नगर्न, अतिआवश्य काम बाहेक सदरमुकाम चैनपुर नजान वडा नं. १ र २ का स्थानियलाई अनुरोध समेत गर्नु भएको छ ।

साथै स्थानिय तहले गरेका अहिलेसम्मका गतिविधी र आगामी दिनमा कसरी अघाडी बढ्ने भन्ने विषयमा समेत सुझाव लिइएको थियो । सर्वसाधारणका गुनासाहरुलाई आत्मसाथ गर्दै अघाडी बड्ने गाँउपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो ।

You might also like