स्रष्टा र सिर्जना (गीत), नभेटेको भए तिमीसँग……………………………………..

स्रष्टा र सिर्जना (गीत)

नभेटेको भए तिमीसँग……………………………………..

डा.लोकबहादुर लोप्चन

 

नभेटेको भए तिमीसँग, पिरतीको नसाले छुन्नथ्यो

सयौँ वर्ष बाचेँ पनि, शायद जिन्दगीकै आभास हुन्नथ्यो

 

गुन्जिन थालेथ्यो मनमा मेरो, जब पिरतीको धुन

दोधारमा परेकोथेँ म, बाटो रोजूँ भनी कुन ?

नभेटेको भए तिमीसँग, पिरतीको नसाले छुन्नथ्यो

हाँसीहाँसी बाँचे पनि, शायद जिन्दगीकै आभास हुन्नथ्यो

 

लाग्थ्यो मलाई चाहिँदैन कसैको साथ, तर यो कस्तो प्रहार भयो ?

भन्दिनँ म कसैसँग हार भयो, तर जिन्दगीमा त्यही बहार भयो ।

नभेटेको भए तिमीसँग, पिरतीको नसाले छुन्नथ्यो

हजारौँ जुनी बाँचे पनि, शायद जिन्दगीकै आभास हुन्नथ्यो ।

 

 

 

 

 

 

 

 

 

 

 

You might also like