ओखलढुंगा खिजिदेम्बा गापाका अध्यक्ष गम्बु शेर्पाको भाषिक-सांस्कृतिक अगुवाइ / यात्रा

ओखलढुंगा खिजिदेम्बा गापाका अध्यक्ष गम्बु शेर्पाको भाषिक-सांस्कृतिक यात्रा

ओखलढुगा, खिजिदेम्बा गाउँपालिका । २०७९ साल माघ

खिजिदेम्बा गाउँपालिका ओखलढुंगाका अध्यक्ष गम्बु शेर्पाका अनुसार गाउँपालिकाको गाउँसभा १२ औँ अधिवेशनबाट स्थानीय प्रज्ञा प्रतिष्ठान ऐन, भाषिक तथा सांस्कृतिक सङ्ग्रहालय ऐनका साथै सरकारी कामकाजमा भाषाको प्रयोगसम्बन्धी कार्यविधि पारित गरी कार्यान्वयनमा  लगेको छ ।/t

भाषा आयोगका माननीय सदस्य अमृत योञ्जन तामाङले मण्डनदेउपुर नगरपालिकाका प्रप्रअधिकृत डा.लोकबहादुर लोप्चनसँग सम्पर्क गराएपछि उक्त गाउँपालिकाका लागि आवश्यक भाषिक एवम् सांस्कृतिक कानुन, ऐन, कार्यविधिहरूको मस्यौदा गरी पठाएको थियो । उक्त मस्यौदाहरूलाई गापाको आवश्यकनुसार परिमार्जन गरी पारित गर्दै कार्यान्वयनमा गएको छ। यसरी मण्डनदेउपुर नगरपालिका र खानीखोला गाउँपालिका काभ्रे तथा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका गरी हालसम्म देशभरिका ७५३ स्थानीय तहहरूमदध्ये ३ स्थानीय तहहरूमा भाषा ऐन, कार्यविधि, प्रज्ञा प्रतिष्ठान एवम भाषिक तथा सांस्कृतिक सङ्ग्रहालय ऐन पारित भएको छ। जुन बहुभाषिक एवम सांस्कृतिक मुलुकका लागि सुखद खबर बनेको छ।

त्यसैगरी शैक्षिक सुधारका लागि यस गाउँपालिकाले शिक्षा नीति नै ल्याएको छ भने निकट भविष्यमा शैक्षिक सुधारका लागि कार्यक्रम सञ्चालन गर्न गइरहेको छ । अध्यक्ष शेर्पाबाट शिक्षाविद डा.लोकबहादुर लोप्चनलाई बताएअनुसार छिट्टै खिजिदेम्बामा भाषिक शैक्षिक एवम सांस्कृतिक विषय आम भेला आयोजना गरी ठोस रूपमा कार्यान्वयन जाने भएको छ जुन कार्य अन्य ७५० बाँकी स्थानीय तहहरूका लागि अनुसरणीय छन् ।

You might also like