राप्ती न.पा.चितवनमा स्थानीय भाषा ऐन कार्यान्वयनः तामाङ र चेपाङ भाषा पठनपाठन हुँदै

राप्ती न.पा.चितवनमा स्थानीय भाषा ऐन कार्यान्वयनः तामाङ र चेपाङ भाषा पठनपाठन हुँदै

राप्ती न.पा.चितवन। २०८१ जेठ १६ गते।

राप्ती नगरपालिका चितवनको आयोजना र नेपाल तामाङ घेदुङ राप्ती नगर समितिको संयोजनामा २०८१ साल जेठ १६ गतेका दिन राप्ती नगरपालिकामा स्थानीय भाषा नीति र तामाङ मातृभाषामा शिक्षासम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरियो भने तामाङ भाषा विषय पठनपाठन हुने १३ विद्यालयहरूका शिक्षकका लागि ५ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ।

आ.व.२०८० सालमा नै तामाङ भाषा विषय विषय शिक्षणका लागि नगरपालिकाकाको तर्फबाट कार्यक्रम आयोजना गरियो थियो। साथै स्थानीय तामाङ समुदायका व्यक्तिहरूका लागि गत वर्ष नै लिपि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसैको निरन्तरतास्वरूपमा यस वर्ष भने यस नगरपालिकामा स्थानीय विषय, तामाङ भाषा विषय र चेपाङ भाषा विषय समेत पठनपाठनका लागि सामुदायिक विद्यालयका प्रअहरूका लागि पहिलो दिनको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।

नगर प्रमुख शमशेर लामाको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा तामाङ पाठ्यपुस्तकका लेखक प्रतीक ङेसुर तामाङले हालसम्म तामाङ घेदुङको पहलमा बागमती प्रदेशका १४ भन्दा पालिकाहरूमा तामाङसहित अन्य मातृभाषा विषयको पठनपाठनका लागि कार्यक्रम सञ्चालन भएकोमा सोको नामावली प्रस्तुत गर्नु भएको थियो तर कार्यान्वयन भने उक्त सबै पालिकामा अपेक्षाकृत नभएको चर्चा गर्नुभयो। कार्यक्रममा सहजीकरण गर्दै भाषा आयोगका सचिव एवम् भाषाविद डा.लोकबहादुर लोप्चनले बागमती प्रदेशमा सरकारी कामकाजको भाषा कार्यान्वयनअन्तरगत सबै स्थानीय तहमा लागू हुने बताउँदै यसका लागि मातृभाषामा शिक्षा पहिलो आधार भएको बताउनु भएको थियो।उनले यस नगरपालिकामा बहुभाषिक शिक्षालाई कसरी लागू गर्ने, विषयका रूपमा तामाङ,चेपाङलगायत अन्य भाषाहरूलाई कसरी सँगसँगै कार्यान्वयन गर्ने र गुणस्तरीय शिक्षामा भाषालाई आबद्ध गर्न कार्यान्वयनयोग्य सुझावहरू प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा सहजीकरणकै क्रममा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले तल्ला कक्षाहरूमा बहुभाषिक माध्यम अनिवार्य हुने र भाषा विषय भने ऐच्छिक हुने बताउनुभयो। साथै उहाँले भाषा, लिपि, शिक्षालाई आपसमा कसरी जोड्ने विषयमा चर्चा गर्दै वैज्ञानिक र गुणस्तरीय शिक्षा प्रदान गर्न स्थानीय तहको भूमिका वा कार्यजिम्मेवारीका बारेमा प्रस्ट पार्नु भएको थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अध्यक्षतामा भएको उक्त कार्यक्रम नगर उपप्रमुखले यो नगरपालिकाले बहुभाषिकताका लागि स्थानीय भाषा ऐन पारित गरी कार्यान्वयनमा लागी परेको बताउनुभयो। त्यसै गरी नगर प्रमुख शमशेर लामाले नगरपालिका बहुभाषिक शिक्षा प्रदान गर्नका साथै तामाङ, चेपाङ लगायत थारू भाषा विषय पठनपाठन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।त्यसैगरी वडाध्यक्ष सुमित्रा डल्लाकोटीले यस नगरपालिकाबाट सबै बालबालिकाका लागि शिक्षामा भाषिक अधिकार सुनिशिचत गर्नुपर्ने बताउनुभयो। अन्तरक्रियाका क्रममा सहभागी प्रअ एवम् स्थानीय तामाङ घेदुङका पदाधिकारीबाट जिज्ञासा राखिएकोमा विज्ञ सहजकर्ताहरूबाट प्रस्ट पारिएको थियो ।

 

 

 

You might also like