खुला वि.वि.मा तामाङ अध्ययन (बिए तह) गर्न फारम भर्ने मिति फागुन ६ गतेसम्म  (कुनकुन विषय पढाइ हुन्छ त ?)

खुला वि.वि.मा तामाङ अध्ययन (बिए तह) गर्न फारम भर्ने मिति फागुन ६ गतेसम्म

                  (कुनकुन विषय पढाइ हुन्छ त ?)

ललितपुर ।

नेपाल खुला विश्वविद्यालयबाट शैक्षिक सत्र् २०८२ देखि बिए तहमा तामाङ अध्ययनको लागि प्रवेश परीक्षाका लागि आवेदन फारम समय अब मात्र फागुन ६ गतेसम्म रहेको छ । विश्वविद्यालयबाट आगामी शैक्षिक वर्षमा तामाङ अध्ययन लगायत मगर, किरात, नेवा स्टडिज विषयमा बिए तहमा पठनपाठनको प्रारम्भ गर्ने भएको छ । यसका लागि विश्वविद्यालय सामाजिक तथा शिक्षाशास्त्र संकायबाट प्रवेश परीक्षाका लागि सूचना जारी गरिएको थियो।

विश्वविद्यालयको बिए तहको पाठ्यक्रममा मूलत समाजशास्त्र र तामाङ लगायत अन्य अध्ययनलाई ऐच्छिक विषयका रूपमा पठनपाठन गर्न लागिएको हो । यसअघि नै विश्वविद्यालयबाट मुस्लिम अध्ययन हुँदै आएको छ । प्रत्येक विषय अध्ययनका लागि २० जना विद्यार्थी कोटा तोकिएको छ । कुल आठ सेमेस्टरमा तामाङ अध्ययनअन्तर्गत १६ वटा विषयहरू पठनपाठन हुनेछन् । यसबाट तामाङ विज्ञ उत्पादन भई राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा तामाङसम्बन्धी आवश्यक ज्ञान र सीप भएको जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको छ ।

खासगी तामाङ अध्ययनअन्तर्गत देहायको विषयहरू पठनपाठन गर्ने पाठ्यांश रहेको पाइन्छ

  • आदिवासी अध्ययनका सिद्धान्तहरू
  • तामाङ ऐतिहासिक परिचय
  • तामाङ सामाजिक संस्थाहरू र सामाजिक प्रणाली
  • तामाङ र अन्य समुदायहरू
  • तामाङ जीविका र सामाजिक आर्थिक पद्धति
  • तामाङ सांस्कृतिक सम्पदाहरू
  • तामाङ दर्शन र धर्म
  • तामाङ भाषा र भाषाविज्ञान
  • तामाङ आदिवासी ज्ञान, पर्यावरण र प्रविधि

१०.तामाङ भूगोल र जनसांख्यकी

यो पनि पढ्नुहोस

११.तामाङ अनुवाद अध्ययन

१२.तामाङ कला, सङगीत र लोकवार्ताहरू

१३.तामाङ साहित्य

१४.राष्ट्रिय जीवनमा तामाङ

१५. तामाङः विश्वव्यापीकरण र परिवर्तन

१६. तामाङमा स्वतन्त्र अध्ययन

यसरी नेपालमा पहिलो पटक मुस्लिम, नेवा, किरात, मगर र तामाङको अध्ययनको सुप्रारम्भ हुनु उच्च शिक्षाको क्षेत्रमा एउटा नवीन सुरूवात हो । यसबाट सङ्घीय नेपालमा शिक्षा क्षेत्रमा शैक्षिक विविधताको व्यवस्थापन हुन थालेको आभास हुन्छ ।

 

You might also like