नेपाल तामाङ घेदुङले तामाङ भाषा प्रवर्धन तथा सरकारी कामकाजको भाषा विषयक प्रदेशस्तरीय गोष्ठीबाट जारी गर्‍यो- “ह्याङला इहटरी घोषणा पत्र २०८२”

नेपाल तामाङ घेदुङले तामाङ भाषा प्रवर्धन तथा सरकारी कामकाजको भाषा विषयक प्रदेशस्तरीय गोष्ठीबाट जारी  गर्‍यो- ह्याङला इहटरी घोषणा पत्र २०८२

इटहरी, सुनसरी २०८२ साल बैशाख १५ गते।

नेपाल तामाङ घेदुङ सङ्घीय कार्यसमितिको संयोजन, भाषा आयोगको प्राविधिक सहयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा नेपाल तामाङ घेदुङबाट आयोजित तामाङ भाषा प्रवर्धन तथा सरकारी कामकाजको भाषा विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठी इहटरी सुनसरीमा २०८२ साल बैशाख १५ गतेका दिन सम्पन्न भयो । नेपाल तामाङ घेदुङका प्रदेश कार्य समिति, जिल्ला कार्य समिति र नगर कार्यसमितिको पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यशाला गोष्ठीमा नेपाल तामाङ घेदुङका अध्यक्ष श्री मोहन गोले तामाङले तामाङ भाषा प्रवर्धनसम्बन्धी प्रशिक्षण दिनु भएको थियो भने भाषा आयोगका का.मु.सचिव एवम् नेपाल तामाङ घेदुङका सल्लाहकार डा.लोकबहादुर लोप्चनले तामाङ भाषाको सरकारी कामकाजमा प्रयोगम्बन्धी प्रशिक्षणमा सहजीकरण गर्नुभएको थियो । सहभागीहरूबाट रायसङकलन गरी नेपाल तामाङ घेदुङले तामाङ भाषा प्रवर्धन तथा सरकारी कामकाजको भाषा विषयक प्रदेशस्तरीय गोष्ठीबाट “ह्याङला इहटरी घोषणा पत्र २०८२”  जारी गरिएको उक्त कार्यक्रमको सञ्चालन घेदुङका उपमहासचिव श्री सरोजमोहन तामाङले गर्नुभएको थियो भने घेदुङका  पदाधिकारी विलाम मोक्तानले सहजीकरण गर्नुभएको थियो । ह्याङला इटहरी घोषणापत्र यस प्रकार रहेको छः

नेपाल तामाङ घेदुङ सङ्घीय कार्यसमितिको आयोजना, भाषा आयोगको प्राविधिक सहयोग तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहकार्यमा मिति २०८२ बैशाख १५ गते सञ्चालित तामाङ भाषा प्रवद्र्धन तथा सरकारी कामकाजको भाषा विषयक प्रदेश स्तरीय कार्यशाला गोष्ठीबाट जारी:

ह्याङ्ला इटहरी घोषणा–पत्र

तामाङ समुदायको एकमात्र साझा, राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङले स्थापनाकालदेखि नै तामाङ जातिको भाषा, संस्कृतिको संरक्षण, संवर्धन तथा विकासमा निरन्तर पहलकदमी लिई पछिल्लोपटक भाषा आयोगको प्राविधिक सहयोग र स्थानीय सरकारसँगको सहकार्यमा बागमती प्रदेशअन्तर्गतका विभिन्न विद्यालयहरूमा तामाङ भाषा विषयको पठनपाठन गर्दै बागमती प्रदेशको सरकारी काजकाजमा तामाङ भाषा प्रयोग गर्न भाषा मानकीकरण अन्तर्गत लेखन पद्धतिको विकास र शब्द सङ्कलन कार्य गरिरहेको सन्दर्भमा आयोजित तामाङ भाषा प्रवद्र्धन तथा सरकारी कामकाजको भाषा विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठीबाट तामाङ जातिको पर्याप्त बसोबास रहेको यस प्रदेशमा तामाङ भाषाको संरक्षण, सम्वद्र्धनका साथै शिक्षा, सञ्चार तथा सेवा प्रवाहको क्षेत्रमा सरकारी कामकाजी भाषाको रूपमा तामाङ भाषा प्रयोग र विस्तारका लागि देहायका कार्यहरू गर्ने प्रतिबद्धतासहित ह्याङ्ला इटहरी घोषणा–पत्र जारी गर्दछौँ ।

हाम्रा प्रतिबद्धताहरू

१.    यस प्रदेशमा भाषा आयोगको सिफारिसअनुसार निश्चित कार्य र क्षेत्र (शिक्षा, सञ्चार, सेवा प्रवाह क्षेत्र आदि) मा तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा कार्यान्वयन गर्न प्रदेश, जिल्ला र स्थानीय तहमा समन्वय तथा पहल गरी कार्यान्वयन गर्नेछौँ ।

 

२.    तामाङ भाषा विषयको पाठ्यव्रmम र पाठ्यपुस्तक विकास गरी प्रदेशका स्थानीय तहअन्तर्गतका विद्यालयहरूमा तामाङ भाषालाई विषयका रूपमा पठनपाठन गर्न आवश्यक पहल गरी उच्च शिक्षामा समेत तामाङ भाषा विषयको प्रयोग र विस्तार गर्नेछौँ । साथै विद्यालय शिक्षाको आधारभूत तहमा तामाङ भाषाको माध्यमबाट पठनपाठन गरी तामाङ बालबालिकालाई मातृभाषामा शिक्षाको पहुँच र अवसर प्रदान गर्नेछौँ ।

३.    नेपाल तामाङ घेदुङले प्रदेश, जिल्ला र स्थानीय तहमा तामाङ जातिको भाषिक, सांस्कृतिक हक, अधिकारको सुनिश्चितताका लागि तामाङ जातिको बाहुल्यता रहेको सम्भाव्य स्थानीय तहमा तामाङ मातृभाषामा शिक्षा र  तामाङ भाषा विषयको पठनपाठन गर्ने कार्यव्रmम सञ्चालन गर्न आवश्यक पहल गर्नेछौँ ।

४.    नेपाल तामाङ घेदुङको पहलकदमीमा तामाङ भाषाको अनुवादक (दोभासे) विकास गर्न तथा विद्यालयहरुमा तामाङ भाषा र तामयीग लिपिमा अध्ययन, अध्यापन गर्न, गराउन तालिम सञ्चालन गर्नेछौँ ।

५.    तामाङ आमसञ्चार र पत्रकारिता विषयक तालिम सञ्चालन गरी तामाङ सञ्चारकर्मीको सक्षमता विकास र तामाङ समुदायको सचेतना अभिवृद्धिसम्बन्धी कार्यव्रmमहरू सञ्चालन गर्नेछौँ ।

६.    तामाङ भाषा र संस्कृतिको पुस्तान्तरण गर्न तामाङ जातिको संस्कार, संस्कृति एवम् औपचारिक सभा, सम्मेलन र बैठकको माध्यमका रूपमा तामाङ भाषाको प्रयोगलाई अनिवार्य गर्नेछौँ । साथै हरेक तामाङ बालबालिकालाई घरैमा तामाङ भाषा बोल्ने अभियान सञ्चालन गर्दै तामाङ भाषा नबोल्ने बालबालिकाका लागि समुदायमा आधारित तामाङ भाषा कक्षा सञ्चालन गर्नेछौँ ।

७.    तामाङ भाषाको अध्ययन, अनुसन्धान गर्दै तामाङ भाषाको मानकीकरणअन्तर्गत शब्दकोश निर्माण, व्याकरण लेखन र तामाङ लेखन पद्धतिको विकासजस्ता कार्य गर्नेछौँ । यसका साथै तामाङ साहित्यको विकास गर्न तामाङ साहित्यको लेखन, प्रकाशन र वितरणलाई प्रोत्साहन गर्न विभिन्न कार्यव्रmमहरू सञ्चालन गर्नेछौँ ।

 

You might also like