भाषाविज्ञान समाज नेपालको ४६ औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुभारम्भ

भाषाविज्ञान समाज नेपालको ४६ औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुभारम्भ

काठमाडौँ । २०८२ साल मङ्सिर १९ गते ।

भाषाविज्ञान समाज नेपालले हरेक वर्ष नोभेम्बर १०-११ तारिखमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएको छ । यस वर्ष समाजको ४६ औँ अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति श्री भूपाल राईबाट समुद्घाटन भयो । यो सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग, मधेशी आयोग, थारू आयोग, काठमाडौँ मोडल कलेज, एसआइएलसहित विभिन्न सङ्घसंस्थाहरूको सहकार्य रहेको छ । दुई दिनसम्म चल्ने यस सम्मेलनमा विभिन्न मुलुकका भाषिक अध्येताहरूको कार्यपत्रहरू प्रस्तुति रहनेछ जसमा २५ भन्दा बढी कार्यपत्रहरू दुई दिनसम्म प्रस्तुति र छलफल हुनेछ । यसले भाषाको क्षेत्रमा अन्तर्देशीय अनुभव आदानप्रदान र आपसी सिकाइको अभीष्ट प्राप्त हुने देखिन्छ ।

भाषाविज्ञान समाज नेपालको अध्यक्ष डा. अम्बिका रेग्मीको अध्यक्षतामा सञ्चालयत यस कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्ने क्रममा विभिन्न वक्ताहरूले संस्थागत र व्यक्तिगत शुभकामना व्यक्त गर्नुभएको थियो । यस क्रममा समाजका अध्यक्ष डा. तारामणि राईले स्वागत मन्तव्य व्यक्त गर्दै संस्था भाषाहरूको संरक्षण, संवर्धन र विकासउपर प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै संस्था निरन्तर रूपमा यस्ता सम्मेलन र अन्य सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गरी भाषाको क्षेत्रमा काम गर्दै आएको उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय भाषा दशकका लागि नेपालको राष्ट्रिय कार्ययोजना आउन ढिला भएको सचेत गराउँदै यस गोष्ठीमा उपस्थित विशिष्टजनहरू सबैबाट भाषाविज्ञानको क्षेत्रमा ज्ञान निर्माण हुने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा वरिष्ठ भाषाविद् चुडामणि बन्धुले सम्मेलनमा उत्साहजनक सहभागिता रहनुका साथै यस समाजले स्थापना कालदेखि नै भाषाको क्षेत्रका कार्यक्रम, गोष्ठी र सम्मेलन गरेर विशेष योगदान पुर्‍याउँदै आएको उल्लेख गरे। यस्ता वार्षिक सम्मेलन भाषासम्बन्धी अन्तरदेशीय अध्ययन अनुसन्धान र अभ्यासबाट भएका प्राप्ति र उपलब्धिहरू आदानप्रदान गर्ने अवसर मिलेको बताउनुभयो ।

त्यसैगरी शुभकामना मन्तव्यको क्रममा नेपालिज लिङगुइस्टिक जर्नलका प्रधान सम्पादकको हैसियतले यसलाई मेहनतका साथ प्रकाशन गरी सावर्जनिक गरेको बताए । उनले यस समाजको चार दशकको अवधिमा भाषाहरूको संरक्षण, संवर्धन र विकासको क्षेत्रमा उल्लेखनीय काम भएको चर्चा गरे । उनलेतनेपालमा भाषासम्बन्धी स्पस्ट नीति र कार्यान्वयनको अभाव रहेको कुरा गरेका छन् । त्यसैगरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरूङले नेपाल बहुजातीय र बहुभाषिक देश भएकाले भाषा जातीय पहिचान भएको चर्चा गर्दै आदिवासीका भाषाहरूको संरक्षण, विकास र प्रवर्धनमा यस्ता सम्मेलनहरू निश्चित मार्गनिर्देश गर्ने बताए । यस्ता सम्मेलहरूले भाषासम्बन्धी ज्ञान निर्माण हुने तर त्यसको लागि राष्ट्रमा स्पष्ट नीति र कानुनी प्रबन्ध जरूरी रहेको उल्लेख गरेका छन् । मधेशी आयोगमा का.मु. अध्यक्ष जीवछ साहले नेपाल बहुजातीय मुलुक भएकाले सबै जातजाति र भाषाभाषीको लागि समान अवसर र व्यवहार गर्ने वातावरण राज्यमा तयार हुनुपर्ने विचार राखेका छन् । उनले मधेशमा बोलिने भाषाहरू पनि लोप हुँदै गएकोमा चिन्ता व्यक्त गरे। भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषा आयोगले एक दशकको कार्यकालमा उल्लेखनीय काम गरी नेपाललाई भाषिक सङ्घीयताको कार्यान्वयनमा सिफारिस र सहजीकरण गरेको बताए । तथापि उनले नेपालमा भाषिक हिंसा जातिगत रूपमा तामाङ जातिको तानीय ध्वनिको कारण नेपाली भाषाको गलत उच्चारणले जेल जान बाध्य भएको एकल भाषिक नीति र त्यसले सिर्जना गरेको ऐतिहासिक विभेदको घटनालाई उल्लेख गर्दै भाषिक न्याय र समता प्राप्तिमा जोड दिए । कार्यक्रममा प्रमुख अतिथि भूपाल राईले भाषा केवल सञ्चारको माध्यम मात्र नभई यो ज्ञान पद्धति, पहिचान र समग्र जीवन पद्धतिको रूपमा रहेको तर बुझाई सतही हुँदा सबै जातिको इतिहास, अस्तित्व र पहिचानरूपी भाषाले मृत्युग्रहण गरिरहेको चर्चा गरे । उनले विश्वमा ७००० भाषा बोलिने तथ्याङ भए तापनि भाषाहरू लोप हुँदै गएको चिन्ता व्यक्त गर्दै आधी भन्दा भाषाहरू लोप भएको अनुमान गरे । उनले राज्य र भाषाको बीच अन्तरसम्बन्ध रहेको र राज्यकै कारण कतिपय भाषाहरू मर्ने र कतिपय भाषाले वर्चश्व कायम गर्ने विचार राख्दै “मेखीदण्ड” नाटकको सन्दर्भलाई जोडे । साथै उनले एकलभाषी विद्यालयका कारण घरमा नेपाली बोल्ने बाध्य भएको धरातलीय यथार्थलाई उजागर गरेका छन् । यसमा राज्यपक्ष जनताका भाषाप्रति कसरी उत्तरदायी बनाउने भन्ने कुरा यस्ता सम्मेलन र विज्ञलाई सुझाव दिनुका साथै भाषिक अभियन्ता र विज्ञले सहकार्य गरेर भाषाका क्षेत्रमा उपलब्धिपूर्ण कार्य गर्नमा जोड दिएका छन् । अन्तमा उनले ठूला भाषाहरूलाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गरिहँदा साना भाषाहरू मरिरहने अवस्था भएकाले कसरी सबै भाषालाई समान रूपले व्यवहार गर्ने र त्यसका उचित सम्बोधन गर्नमा जोड दिए।  कार्यक्रममा अध्यक्ष डा. अम्बिका रेग्मी उपस्थित सबै व्यक्ति र संस्थालाई धन्यावद दिँदै नेपालमा भाषाको संरक्षण, विकास, मातृभाषा शिक्षा आदिमा समस्या रहेको भए तापनि सम्बन्धित व्यक्ति र संस्थाहरूबाट पहलकदमी लिनुपर्ने विचार व्यक्त गरिन् ।

यो कार्यक्रममा २०८२ साल मङ्सिर १० र ११ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ । यसमा उद्घाटन सत्रपछि प्रमुख वक्ताका रूपमा प्राध्यापक एम.जे.वस्तीले प्रमुख वक्ता रूपमा विचार राखिसकेका छन् । यस कार्यक्रममा सहकार्य गर्ने संस्थाको तर्फबाट प्रस्तुति गर्ने क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रज्ञा प्रतिष्ठानले भाषासम्बन्धी गरेका गतिविधिको बारेमा प्रस्तुति गरेका छन् । त्यसैगरी मधेशी आयोगले नेपाल सरकारलाई गरेकाो सिफारिसका बारेमा मा.जीवछ साहले प्रस्तुत गरे भने भाषा आयोगको प्रस्तुति आयोगका सचिव डा. लोक बहादुर लोप्चनले गरे । त्यसैगरी आदिवादी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको तर्फबाट सरिना गुरूले भाषासम्बन्धी कार्यक्रम र उपलब्धिका विषयका कार्यपत्र प्रस्तुत गरिन् भने काठमाडौँ मोडल कलेजका तर्फबाट क्याम्पस प्रमुखले विद्यार्थी छात्रवृत्तिको विषयमा एक प्रस्तुति दिएका छन् ।

You might also like