थाम डाँडा

 

थाम डाँडा

 

परिचय

गाउँपालिकाको उत्तरतिर महाभारत शृङ्खलाअन्तर्गतका अग्लो चुचुराहरू पर्दछन् । जसमध्ये थामडाँडा यस गाउँपालिकाको उत्तर पश्चिममा अवस्थित छ । यसलाई जनस्तरमा थामको लेक भनेर चिनिन्छ ।

बिगतमा खानीखोलाका जनताहरू थामडाँडाबाट पैदल यात्रा गरी खोपासी पुग्ने गर्दथे । हाल खोपासी तालढुङ्गा सडक सञ्चालन पश्चात स्याउरिथलीबाट आवतजावत गर्छन् । त्यस्तै फलामेटारबाट-च्यासिङखर्क-ढुङखर्क सडकबाट आवतजावत गर्छन् । खानीखोला र बेथानचोक गाउँपालिकाको सीमानामा पर्ने अग्लो नारायणस्थान डाँडालाई यो सडकले छोएको छ ।

यो पनि पढ्नुहोस

विशेषताहरू

यही अग्लो डाँडाको पारिपट्टि गाउँपालिकामा पर्ने भएकाले काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि नामले परिचित छ । यहाँ घना वन जङगल, जडिबुटी, वन्यजीवजन्तु, चराचुरूङगी, किटपतङ्गहरू पाइन्छन् । यहाँ पहिला पहिला जाडो मौसममा प्रसस्त हिउँ पर्दथ्यो । तर हाल मौसमी उष्णताको कारण हिउँ पर्न छाडेको छ । तर जाडोयाम र वर्षातको समयमा यस डाँडालाई ढपक्क हुस्सु र कुहिरोले ढाकेको हुन्छ ।

दृश्यावलोकन

थामडाँडाको शिखरबाट डाँडापारिका गाउँबस्ती, खोला, झरना, पाखापखेरी, वनपाखाहरूको दृश्य अवलोकन गर्न सकिन्छ । त्यसै गरी डाँडावारिका च्यासिङखर्क, भुग्देउ, खोपासी, बल्थली जस्ता ठाउँहरू देखिन्छन् । यहाँबाट तराईका फाँटहरू र अग्ला हिमाली दृश्यहरू देखिन्छन् ।

 

You might also like