डा. लोप्चन लिखित “सङ्घीय नेपालमा शैक्षिक सुधार तथा भाषिक यात्रा” पुस्तक विमोचित

डा. लोप्चन लिखित “सङ्घीय नेपालमा शैक्षिक सुधार तथा भाषिक यात्रा” पुस्तक विमोचित

हेल्सिन्की, फिनल्याण्ड  २१ सेम्टेम्बर, २०२६ ।

फिनल्याण्डको हेल्सिन्की स्थित युनिभर्सिटी अफ हेल्सिन्की प्लसमा आयोजित टेक्सेस कार्यक्रम नेपालको विश्वविद्यालयसँग फिनल्याण्डको उच्च शिक्षासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो । जसमा विश्वविद्यालयको तर्फबाट कार्यकारी निर्देशक किमो कारपिजोकी, विज्ञ नेतृ सेल्जा सारिल्हो र अन्तर्राष्ट्रिय परियोजना  व्यवस्थापक हान्नो निमेलाको उपस्थिति रहेको थियो । नेपालको तर्फबाट अवलोकन भ्रमण समूहका टोली नेतृत्वकर्ता एवम् लेखक डा. लोक बहादुर लोप्चन, टेक्सेस परियोजना संयोजक दुर्गा कँडेल र समन्वय अधिकृत तेज थापा, मन्त्रालयको तर्फबाट वैदेशिक सहायता समन्वय शाखा प्रमुख रमेश घिमिरे, शिक्षा मन्त्रीको सचिवालयको तर्फबाट निजी सचिव दिवाकर भुजेल, शिक्षा विभागका निर्देश निम प्रकाश राठौरको उपस्थिति रहेको थियो । त्यसै गरी फिनल्याण्ड राजदूताबासबाट इन्द्रा गुरुङ र कर्णाली प्रदेश शिक्षा निर्देशानालयबाट दिपा हमाल उपस्थित हुनुहुन्थ्यो ।

यसै कार्यक्रमको अन्तमा विश्वविद्यालय कार्यकारी निर्देशक किमो, यस भ्रमणका सहजकर्ता डा. टुओबी लेपानेन, अन्तर्राष्ट्रिय परियोजना संयोजक हान्नो निमेला, टेक्सेस परियोजना अन्तर्राष्ट्रिय सल्लाहकार इजा रिता र लेखक स्यवम डा. लोक बहादुर लोप्चनले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभएको थियो । यस पुस्तकमा डा. लोप्चनले शिक्षा सेवामा प्रवेश गरे पश्चात विभिन्न भूमिकामा रहँदा प्रारम्भ गरेका र सफलतम अभ्यासहरू मात्र पुस्तक गरेका छैनन्, उनले यसमा भाषा आयोगमा मातृभाषा शिक्षा शाखा प्रमुखदेखि का.मु.सचिवको जिम्मेवारी निर्वाह गर्दाको क्रममा आरम्भ गरी सफल भएका उदाहरण र अभ्यासहरू समेत प्रस्तुत गरेका छन् । त्यसैगरी उनको जिल्ला शिक्षा अधिकारी देखि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भई काम गर्दा शिक्षा क्षेत्रमा आफ्नो तर्फबाट पहल गरी लागू गरिएका पाटा पक्षहरू प्रस्तुत गरेका छन् । यसरी उनले आफ्नो जीवनकालको ५० वर्षको अवधिमा संगालेका शैक्षिक र भाषिक अनुभव समेटेको पुस्तकलाई शैक्षिक र भाषिक यात्रा नामकरण गरी अध्ययन भ्रमणको क्रममा फिनल्याण्डको चर्चित विश्वविद्यालय हेल्सिन्कीमा विमोचन गरी नेपालको शैक्षिक सुधार र भाषिक क्षेत्रमा सुधारका लागि आफ्नो लेखन मार्फत निरन्तरता दिएका छन् ।

You might also like