तामाङ कर्मचारी सञ्जालको प्रथम साधारण सभा र वनभोज कार्यक्रम सम्पन्न

 

तामाङ कर्मचारी सञ्जालको प्रथम साधारण सभा र वनभोज कार्यक्रम सम्पन्न

तामाङ कर्मचारी सञ्जालको विशेष साधारण सभा विभिन्न निर्णयहरुसहित हिजो मिति २०७९ बैशाख १० गते सम्पन्न भएको हो। सभा काठमाडौँको बोटानिकल पार्क ( बालाजु  उद्यान) मा तामाङ कर्मचारी सञ्जालका अध्यक्ष टेकराज स्याङ्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।सञ्जालले साधारण सभाको अवसर पारी बनभोज कार्यक्रम समेत  आयोजना गरेको थियो ।

राष्ट्र सेवक तामाङ कर्मचारीहरुलाई एकबद्ध गर्ने उद्देश्यका साथ सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा नेपाल सरकारका पूर्व सचिव श्री धनबहादुर तामाङ उपस्थित हुनु भएको थियो । त्यसैगरी विशेष अतिथिको  रुपमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव श्री रुद्र सिंह तामाङ, सहसचिव हेमराज तामाङ र नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामा उपस्थित हुनुभएको थियो । कार्यक्रममा  अतिथिका रुपमा नेपाल सरकारका प्रहरी बरिष्ठ उपरीक्षक टेकबहादुर तामाङ, इन्द्र सिंह लामा, उपसचिव डा. लोक ब.लोप्चन, श्याम बाबु लोप्चन, प्रहरी उपरीक्षक सन्तोष तामाङ र पूर्व सहसचिव देव कुमार तामाङको उपस्थिति रहेको थियो ।

साधारण सभाले साविकको ९ सदस्यीय  तामाङ कर्मचारी सञ्जाल संरचनालाई विस्तार गर्दै १९ सदस्यीय बनाएको छ । निर्बचित तामाङ कर्मचारी संजालको नयाँ पदाधिकारीहरु देहायअनुसार छन्-

  • अध्यक्षः टेकराज स्याङ्तान,
  • उपाध्यक्षः विर ब.लामा,
  • उपाध्यक्षःगुञ्जमान(नव निर्बाचित) तामाङ र
  • उपाध्यक्षः सावित्रा घिसिङ, (नव निर्बाचित)
  • सचिवःदामोदर लामा स्याङ्तान,
  • सचिव टंक ब.नेगी, (नव निर्बाचित)
  • कोषाध्यक्षःलक्ष्मी लामा रुम्बा,
  • सदस्यहरुः सन्तोष तामाङ,
  • शारदा लामा, रवि तामाङ,
  • सुकराम घिसिङ, मेनुका घिसिङ,
  • बृहस्पती थिङ्(नव निर्बाचित)
  • डा.राजन घिसिङ  ,
  • देव कुमार स्याङ्बो ,
  • तिलक थिङ ,
  • सुवास जिम्बा र
  • प्रधुम्न लामा (नव निर्बाचित)
  • सूर्यमाया तामाङ (नवनिर्वाचित)
  • (एक जना रिक्तःअध्यक्षबाट आगामी बैठकबाट चयन हुने ) रहेका छन् ।

त्यसैगरी हिरालाल ब्लोनको संयोजकत्वमा विभागीय समितिको  तामाङ निजामती कर्मचारी मञ्चको गठन भएको छ ।अन्य सदस्य पदका पदाधिकारीहरू निम्न छन्-

  • छाया लाल मोक्तान,
  • गणेश तामाङ,
  • सविना तामाङ,
  • युडेन लामा,
  • असलीमाया तामाङ,
  • सोनी तामाङ,
  • पार्वती तामाङ र
  • राजकुमार गोले निर्वाचित भएका छन् ।

साथै साधारण सभाबाट सल्लाहकार समिति समेत गठन गरेको छ-

  • रुद्र सिंह तामाङ(सहसचिव हाल बागमती प्रदेश) संयोजक
  • असमान तामाङ (प्र.जि.अ. सहसिचव ),
  • हेमराज तामाङ(सहसचिव),
  • बसन्त लामा(डिआइजी नेपाल प्रहरी),
  • टेक बहादुर तामाङ(एसएसपी नेपाल प्रहरी),
  • इन्द्र सिंह लामा(एसएसपी रा.अ.वि.),
  • दिल कुमार लोप्चन(प्र.जि.अ. उपसचिव),
  • डा.लोक बहादुर लोप्चन(प्र.प्र.अ.उपसचिव),
  • श्याम बाबु लोप्चन(उपसचिव) र
  • सन्तोष तामाङ (डिएसपी नेपाल प्रहरी) ।

निर्धारित समयभन्दा केही ढिला सुरू भएको कार्यक्रम विहान करिब १० बजेबाट सुरू भई दिउँसो ३ बजे सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले आ-आफ्नो क्षेत्रको अनुभव सहित मार्गदर्शन व्यक्त गर्नु भएको थियो । तामाङ कर्मचारी सञ्जालको औचित्यतामाथि डा. लोकबहादुर लोप्चनले प्रकाश पार्नु भएको थियो । साधारण सभामा कार्यसमितिका उपाध्यक्ष बीरबहादुर लामाले प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो भने तामाङ निजामती कर्मचारी मञ्चको संयोजक टंक बहादुर नेगीले तामाङ निजामती कर्मचारी मञ्चको सोचपत्र -२०७९ प्रस्तुत गर्नु भएको थियो । साधारण सभाले विधान संशोधन, भावी कार्यक्रम लगायतका विषयहरुमा निर्णय गरेका छन्   । सभाका प्रमुख अतिथिले  यस बर्ष निजामती सेवामा प्रवेश गरेका  ४ जना नयाँ शाखा अधिकृतहरुलाई खादा लगाई स्वागत गर्नुभएको थियो । साथै नवनिर्वाचित कार्यसमिति र विभागीय समितिका पदाधिकारीहरुलाई प्रमुख अतिथि र विशेष अतिथिहरुले खादा लगाइ बधाइ ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा कार्यसमितिले प्रमुख अतिथिलाई मायाको चिनो स्वरुपम बुद्धको मूर्ति प्रदान गरिएको थियो । औपचारिक कार्यक्रम  लगतै कार्यसमिति र उपस्थित कर्मचारीहरुले नाचगान गरेर बनभोज कार्यक्रम सम्पन्न गरेका थिए । विभिन्न क्षेत्रका तामाङ राष्ट्रसेवक  कर्मचारीहरु उपस्थित रहेको उक्त सभामा ६६ जना विभिन्न तहका कर्मचारीहरु उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन कार्यसमितिका कोषाध्यक्ष लक्ष्मी लामा रुम्बाले  गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

You might also like