मण्डनदेउपुर नगरपालिकामा २ वटामा डोनेसहित १९ विद्यालयहरूमा तामाङ भाषा विषय पठनपाठन हुँदै

मण्डनदेउपुर नगरपालिकामा २ वटामा डोनेसहित १९ विद्यालयहरूमा तामाङ भाषा विषय पठनपाठन हुँदै

मण्डनदेउपुर न.पा., काभ्रे, २०७९ साल असोज ५ गते ।

मण्डनदेउपुर नगरपालिकामा आ.व.२०७८।७९ देखि नै २ वटामा दनुवारसहित ५ विद्यालयमा तामाङ भाषा विषय पठनपाठन हुँदै आएको छ। शैक्षिक सत्र २०७९ मा भने नगरपालिकाले तामाङ भाषा विषय पठनपाठनको विस्तार गर्दै जम्मा १९ वटा विद्यालयहरूमा पठनपाठन हुने भएको छ।

मण्डनदेउपुर नगरपालिका र नेपाल तामाङ घेदुङको सहकार्यमा तामाङ विषय पठनपाठन प्रारम्भ गरिएको यस नगरपालिकामा यस वर्ष घेदुङकै सहकार्यमा कक्षा २ सम्म तामाङ भाषा विषय पठनपाठन हुने भएको छ। त्यसैगरी दनुवार (डोने) भाषा विषय पनि कक्षा २ सम्म नै पठनपाठन भइरहेको छ। नगरप्रमुख टोकबहादुर वाइबाज्यूले तामाङ भाषालगायत अन्य भाषा विषयको पठनपाठन विस्तार गर्न चाहेअनुरूप आज मिति २०७९।०६।०५ गते मातृभाषा (तामाङ र डोने) विषयको पाठ्यक्रम र पाठ्यपुस्तकको प्रबोधीकरण विषयक ३ दिने प्रशिक्षणको पहिलो दिनको कार्यक्रम सुरू भएको छ। नेपाल तामाङ घेदुङका कार्यवाहक अध्यक्ष कुमार घिसिङसहित पाठ्यपुस्तक तामाङ भाषाका पाठ्यपुस्तक लेखक एवम लिपि प्रशिक्षक प्रतीक ङेसुर र मोहनकुमार तामाङहरू उपस्थित रहेको उक्त कार्यक्रम शिक्षा शाखा प्रमुख श्री डिकबहादुर राईले मातृभाषा माध्यम र विषयका रूपमा बाल आवश्यकतामा आधारित हुनुपर्ने विचार राख्नु भएको थियो भने शिक्षा अधिकृत लोकेन्द्रबहादुर विस्टबाट सञ्चालित उक्त कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत डा.लोकबहादुर लोप्चनले सहभागी विद्यालयहरूमध्ये विगतदेखि तामाङ भाषा विषय पठनपाठन गर्दै आएका ५ वटा विद्यालयहरू तथा दनुवार भाषा विषय पठनपाठन गर्दै आएका २ विद्यालयहरूका साथै थप १४ विद्यालयहरूमा तामाङ भाषा विषय पठनपाठन विस्तार गरी जम्मा २१ विद्यालयहरूमा कक्षा २ सम्म तामाङ भाषा र दनुवार (डोने) भाषा विषय पठनपाठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सोका लागि नगरबाट सम्बद्ध भाषाको शब्दकोश, व्याकरणसहित आवश्यकतानुसार प्रशिक्षण वा सहजीकरण उपलब्ध गर्ने बताउनुभयो ।

You might also like