मातृभाषामा शिक्षा तथा भाषा संरक्षणसम्बन्धी स्थानीय सरकारसितको सहकार्य र समझदारी

मातृभाषामा शिक्षा तथा भाषा संरक्षणसम्बन्धी स्थानीय सरकारसितको सहकार्य समझदारी

नेपालको संविधानले प्रत्याभूत गरेको मातृभाषामा शिक्षासम्बन्धी प्रावधानहरूको कार्यान्वयन र भाषाहरूको संरक्षण, संवर्धन र विकासका लागि स्थानीय सरकारको भूमिकालाई हृदयङ्गम् गरी मातृभाषामा शिक्षा एवम् बहुभाषिकताका क्षेत्रसित आबद्ध भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान (मातृभाषा विभाग), आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नगरपालिका संघ नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल शिक्षक महासंघलगायत विभिन्न सरोकारवाला संघसंस्थाका पदाधिकारी एवम् प्रबुद्ध व्यक्तिहरूको उपस्थितिमा मिति २०७७ असार ३ गतेका दिन कोरोना माहामारीबाट सिर्जना भएको प्रतिकूल परिस्थितिमा पनि ऐक्यबद्धता प्रकट गर्दै भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको अध्यक्षतामा सञ्चालन भएको दूरदृश्य (भर्चुअल) बैठकमा भएको छलफलका आधारमा मातृभाषामा शिक्षा र भाषा संरक्षणसम्बन्धी नीति निर्माण, कार्यक्रम कार्यान्वयन, स्रोतसाधन परिचालन र व्यवस्थापनका लागि स्थानीय सरकारको अगुवाइलाई आत्मसाथ गरी सबैसम्बद्ध निकाय र व्यक्तिहरूले आ-आफ्नो भूमिका निर्वाह गर्न क्रियाशील रहने र समन्वयात्मक रूपमा काम गर्ने प्रतिबद्धताका साथ भावी पुस्ताका संवाहक हाम्रा बालबालिका र युवाहरूको संज्ञाठनात्मक एवम् भाषिक र सांस्कृतिक चेतनाको विकास गरी सिकाइको सुनिश्चित आधार निर्माण गर्ने प्रयोजनका लागि हामी निम्न कुराहरूमा सहमत भएका छौं:-

. नेपालको संविधानको धारा ३१ को उपधारा (४) ले ब्रेललिपि र साङ्केतिक भाषाको माध्यमबाट शिक्षा पाउने हक स्थापित गर्नुका साथै सोही धाराको उपधारा (५) ले आफ्नो मातृभाषामा शिक्षा पाउने हकको प्रत्याभूति गरेको र धारा ३२ को उपधारा (१) ले प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक प्रदान गर्नुका साथै सोही धाराको उपधारा (३) ले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृतिको संवर्धन र संरक्षण गर्ने हकको प्रत्याभूति गरेको कुरालाई आत्मसाथ गरी उल्लिखित प्रावधानहरूको कार्यान्वयनका लागि कानूनमा भएको व्यवस्थाबमोजिम आ-आफ्नो क्षेत्रबाट समन्वयात्मक रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

. नेपालको संविधानको अनुसूची-८ मा रहेको स्थानीय तहको अधिकारको सूचीअन्तर्गत क्रमसंख्या ८ मा उल्लेख भएको आधारभूत र माध्यमिक शिक्षा तथा सोही अनुसूचीको २२ मा व्यवस्था भएको भाषा, संस्कृतिसम्बन्धी अधिकारको सूचीको कार्यान्वयनका लागि स्थानीय सरकारको अगुवाइलाई आत्मसाथ गरी नीति निर्माण, कार्यक्रम कार्यान्वयन, स्रोतसाधनको समुचित विनियोजन र व्यवस्थापनका लागि सबैसम्बद्ध निकाय र व्यक्तिहरूले आ-आफ्नो भूमिका निर्वाह गर्ने र आवश्यकताअनुसारको वैशिष्ट्य सेवा प्रदान गर्न क्रियाशील भई काम गर्ने अठोट गर्दछौं ।

. मातृभाषामा शिक्षा र भाषा संरक्षणसम्बन्धी स्थानीय सरकारसितको यस सहकार्य र साझेदारीमा आबद्ध निकायहरूले संघ, प्रदेश र स्थानीय तहमा कायम रहेका आ-आफ्ना संरचनागत अवयवहरूलाई क्रियाशील गराई सचेतना अभिवृद्धि गर्ने, कार्यक्रम कार्यान्वयनमा समन्वय र सहजीकरण गर्ने, स्रोतसाधन विनियोजन र परिचालनमा सहयोग गर्ने, प्रविधिको विकास र विस्तारमा टेवा पुर्याउने कार्यका लागि प्राज्ञिक एवम् प्राविधिक पृष्ठपोषण गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

. मातृभाषामा शिक्षा र भाषा संरक्षणसम्बन्धी स्थानीय सरकारसितको सहकार्य र साझेदारीका लागि संस्थागत रूपमा निम्नानुसारको विशिष्ठिकृत भूमिका निर्वाह गर्न हामी सहमत भएका छौं:-

) भाषा आयोगः नेपालको संविधानको धारा २८७ को उपधारा (६) तथा भाषा आयोग ऐन, २०७४ को दफा २१ र दफा ४ सित सम्बन्धित कार्यका साथै सोही ऐनको दफा ३ को उपदफा (ख) सित सम्बन्धित सिफारिस, सुझाव तयार गर्ने प्रयोजनका लागि नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ एवम् सहकार्य गर्ने निकायहरूबाट पृष्ठपोषण प्राप्त गर्न र नेपालको संविधानले प्रत्याभूत गरेका प्रावधानहरूका साथै भाषा आयोगले पेस गरेका सिफारिस र सुझावहरूको कार्यान्वयनका लागि अनुसन्धानात्मक एवम् खोजमूलक जानकारी सम्प्रेषण गर्नुका साथै सम्बद्ध निकायहरूसित निकट सम्पर्कमा रही सहकार्य एवम् समझदारीको क्षेत्र विस्तार गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने ।

) नेपाल प्रज्ञा प्रतिष्ठानः प्रतिष्ठानको ऐन, २०६४ को दफा ५ को काम, कर्तव्य र अधिकारका साथै प्रतिष्ठानको मातृभाषा विभागले नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ तथा सहकार्य र समझदारीमा आबद्ध अन्य निकायहरूलाई मातृभाषामा शिक्षासम्बन्धी प्राज्ञिक एवम् प्राविधिक पृष्ठपोषण प्रदान गर्ने र अनुसन्धानका आधारमा प्राप्त जानकारी समेत सम्प्रेषण गर्ने ।

) नगरपालिका संघ नेपालः नगरपालिकाहरूलाई मातृभाषाको माध्यमबाट शिक्षा उपलब्ध गराउने गरी बहुभाषिक शिक्षा नीति तर्जुमा गर्न अभिप्रेरित गर्ने र भाषाहरूको संरक्षण, संवर्धन र विकासका लागि सचेतना अभिवृद्धि गर्ने, भाषिक तथ्याङ्क सङ्कलन गरी सत्यापन र सम्प्रेषण गर्ने, विद्यालय एवम् शिक्षण संस्थाहरूको संसाधन र क्षमता अभिवृद्धि गर्न प्रोत्साहनमुखी कार्यनीति अवलम्बन गर्ने, कार्यक्रम कार्यान्वयनमा समन्वय र सहजीकरण गर्ने, स्रोतसाधन विनियोजन र परिचालनमा सहयोग गर्ने, प्रविधिको विकास र विस्तारका लागि प्राविधिक सहयोग प्रदान गर्ने र मातृभाषाको माध्यमबाट शिक्षा विस्तार गर्ने कार्यमा सहजीकरण गरी बालबालिकाहरूको संज्ञानात्मक एवम् भाषिक र सांस्कृतिक चेतनाको अभिवृद्धि गरी सिकाइ सुधारको आधार निर्माण गर्न पहल गर्ने तथा भाषाहरूको संरक्षण, संवर्धन र विकासका लागि भाषा सङ्ग्राहालय स्थापना गर्ने कार्यमा समेत उत्प्रेरकको भूमिका निर्वाह गर्ने ।

) गाउँपालिका राष्ट्रिय महासंघः मातृभाषाको माध्यमबाट शिक्षा उपलब्ध गराउने गरी गाउँपालिकाहरूलाई बहुभाषिक शिक्षा नीति तर्जुमा गर्न अभिप्रेरित गर्ने र भाषाहरूको संरक्षण, संवर्धन र विकासका लागि सचेतना अभिवृद्धि गर्ने, भाषिक तथ्याङ्क सङ्कलन गरी सत्यापन र सम्प्रेषण गर्ने, विद्यालय एवम् शिक्षण संस्थाहरूको संसाधन र क्षमता अभिवृद्धि गर्न प्रोत्साहनमुखी कार्यनीति अवलम्बन गर्ने, कार्यक्रम कार्यान्वयनमा समन्वय र सहजीकरण गर्ने, स्रोतसाधन विनियोजन र परिचालनमा सहयोग गर्ने, प्रविधिको विकास र विस्तारका लागि प्राविधिक सहयोग प्रदान गर्ने र मातृभाषाको माध्यमबाट शिक्षा विस्तार गर्ने कार्यमा सहजीकरण गरी बालबालिकाहरूको संज्ञानात्मक एवम् भाषिक र सांस्कृतिक चेतनाको अभिवृद्धि गरी सिकाइ सुधारको आधार निर्माण गर्न पहल गर्ने तथा भाषाहरूको संरक्षण, संवर्धन र विकासका लागि भाषा सङ्ग्राहालय स्थापना गर्ने कार्यमा समेत उत्प्रेरकको भूमिका निर्वाह गर्ने ।

) आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानः प्रतिष्ठान ऐन, २०५८ को परिच्छेद २ को दफा ६ मा व्यवस्था गरिएको काम, कर्तव्य र अधिकारअनुसार आदिवासी जनजातिहरूको भाषा प्रवर्धन तथा संरक्षणका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्ने र सोको कार्यान्वयन गर्ने गराउने साथै मातृभाषाको अध्ययन अनुसन्धान गर्ने । स्थानीय सरकारको भाषा नीति निर्माण र मातृभाषामा शिक्षा कार्यक्रम सञ्चालनका लागि पृष्ठपोषण प्रदान गर्ने र प्रविधिमा स्थानीय भाषाहरू प्रयोग विस्तार गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्नुका साथै मातृभाषामा शिक्षा र भाषा संरक्षणसम्बन्धी अनुसन्धानात्मक एवम् अभिलेखीकरण कार्यमा सहजीकरण गर्ने ।

) नेपाल आदिवासी जनजाति महासंघः नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध संघसंस्थाहरूलाई अभिप्रेरित गरी समुदायमा भाषिक सचेतना निर्माण गर्न पहल गर्नुका साथै स्थानीय सरकारको भाषा नीति निर्माण एवम् मातृभाषामा शिक्षा कार्यक्रम सञ्चालनका लागि सहजीकरण गर्ने र संघसंस्थाको भाषिक अभिलेख तयार गर्न सहयोग गर्ने ।

) नेपाल शिक्षक महासंघः नेपाल शिक्षक महासंघमा आबद्ध संस्थाहरूलाई अभिप्रेरित गरी शिक्षकहरूमा भाषिक सचेतना निर्माण गर्ने र बहुभाषिक दक्षता विकास गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै स्थानीय तहमा भाषाको संरक्षण गर्न र मातृभाषामा शिक्षा प्रदान गर्न बहुभाषिक शिक्षा नीति तर्जुमा गर्ने कार्यमा संघ, प्रदेश र स्थानीय तहमा सहजीकरण गर्ने र कार्यक्रम कार्यान्वयनका लागि प्राविधिक एवम् प्राज्ञिक पृष्ठपोषण प्रदान गर्ने र मातृभाषाको माध्यमबाट शिक्षा विस्तार गर्ने कार्यमा सहजीकरण गरी बालबालिकाहरूको संज्ञानात्मक एवम् भाषिक र सांस्कृतिक चेतनाको अभिवृद्धि गरी सिकाइ सुधारको आधार निर्माण गर्न पहल गर्ने तथा भाषाहरूको संरक्षण, संवर्धन र विकासका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्ने ।

) तराई मधेश राष्ट्रिय प्रतिष्ठान, मैथिली साहित्यकार सभा, भोजपुरी प्रज्ञा प्रतिष्ठान, अवधि सांस्कृतिक विकास परिषद्, मगही अन्तर्राष्ट्रिय परिषद्, भाषिक समुदायको निकट सम्पर्कमा रही भाषिक-सांस्कृतिक सचेतना अभिवृद्धि गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने, स्थानीय सरकारको भाषा नीति निर्माण गर्न र मातृभाषामा शिक्षा कार्यक्रम सञ्चालनका लागि पृष्ठपोषण प्रदान गर्ने, प्रविधिलाई अनुकूलन गरी स्थानीय भाषाहरूको प्रयोग विस्तारमा सहजीकरण गर्ने र मातृभाषामा शिक्षा तथा भाषा संरक्षणसम्बन्धी अनुसन्धानात्मक एवम् अभिलेखीकरण सम्बन्धी कार्यमा समन्वय गर्ने ।

) सहकार्य साझेदारीको स्वरूपः यो सहकार्यको स्वरूप र कार्यढाँचा लचिलो एवम् जीवन्त प्रकृतिको हुनेछ । यसमा संस्था एवम् व्यक्तिको आबद्धता खुला रहनेछ । सामन्यतया प्रत्येक चार महिनामा यसको कार्य समीक्षा हुनेछ । यसको बैठक दूरदृश्य (भर्चुअल)का माध्यमबाट पनि सञ्चालन हुनेछ । यो संयन्त्रको समन्वय र सञ्चालन भाषा आयोगबाट हुनेछ ।

दस्तखत            सहकार्य तथा समझदारीमा आबद्ध संस्थाहरू/संयन्त्र

योगेन्द्र यादव    १) प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रमुख, मातृभाषा विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान

२) श्री अशोककुमार ब्यान्जू (श्रेष्ठ), अध्यक्ष, नगरपालिका संघ नेपाल

३) श्री होमनारायण श्रेष्ठ,  अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल

४) श्री जगतबहादुर बराम,  अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ

५) श्री ज्ञानेन्द्र पुन मगर, कार्यकारी सदस्य, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान

६) श्री बाबुराम थापा, अध्यक्ष, नेपाल शिक्षक महासंघ

७) श्री आनन्द गुप्ता, अध्यक्ष, तराई मधेश राष्ट्रिय प्रतिष्ठान र भोजपुरी प्रज्ञा प्रतिष्ठान

८) श्री जनार्दनलास दास, अध्यक्ष, मैथिली साहित्यकार सभा

९) श्री विक्रममणि त्रिपाठी, सचिव, अवधि सांस्कृतिक विकास परिषद्

१०) श्री वीरबहादुर महतो, अध्यक्ष, मगही अन्तर्राष्ट्रिय परिषद्

११) डा. लोकबहादुर लोप्चन तामाङ, (सहजीकरण र समन्वय) प्रमुख, मातृभाषा शिक्षा शाखा, भाषा आयोग ।

                                                                                          मितिः २०७७ असार गते

You might also like