घरमा आगलागी हुदाँ एक करोड बराबरको क्षती

बझाङः घरमा आगलागी हुदाँ एक करोड बाबरको क्षती भएको छ । जिल्लाको साइपाल गाँउपालिका वडा नं. ४ धुलिका धन बहादुर बोहरा (भोटे) को १० कोठे घरमा गएराती आगलागी भएको हो । आगलागीबाट घरमा रहेका लुगा कपडा, गहना तथा अन्य भाडाँकुडा लगाएतका सामान जलेर नष्ट भएको सिमा प्रहरी चौकी धुलीले जनाएको छ ।
राती करिव ८ बजेतिर बिद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । घरधनी भोटे भेडा चराउन गाँउबाहिर रहेको र उनका तिनजना छोराछोरी घरमा रहेका छन् । यस विषयमा आगलागी बाट भएको क्षतीलाई हेरेर गाँउपालिकाले आवश्यक राहत दिने साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले खप्तड नेपाल डटकमलाई बताउनु भएको छ ।
यस्तै बिद्युत सर्ट भएर आगलागी हुदाँ साइपाल गाँउपालिका वडा नं. ४ र ५का लागी निर्माण गरिएको लुकुन्ते खोला लघुजलबिद्युत आयोजा समेत बन्द भएको छ । आगलागीका कारण बिद्युत बिस्तार गरिएको पोल समेत जलेपछी जलबिद्युतको बितरण बन्द भएको सिमा प्रहरी चौकी धुलील जानकारी दिएको छ । बिद्युत सर्टभई आगलागी भएपछी अहिले साइपाल गाँउपालिका वडा नं. ४ र ५ का स्थानिय अन्धकारमा बस्न बाध्य भएका छन् ।

You might also like