नेपालमा कोरोनाको संक्रमण केही हप्तापछि झनै भयावह हुने चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठनले आगामी दिनमा नेपालमा कोरोनाको संक्रमण थप भयावह हुने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा मंगलबार विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यन्डिलिएरले कोरोनाको संक्रमण अहिले सुरुआती चरणमै रहेको भन्दै आगामी दिन अझै खराब आउनसक्ने चेतावनी दिनुभयो ।

यो पनि पढ्नुहोस

KMS Tools ✓ Quality Equipment for Trades & DIY Projects…

Windows Activator for Windows 7 Ultimate ✓ Activate Now…

केही हप्ता र महिनापछि संक्रमण अझै बढ्नसक्ने उहाँको भनाइ छ । विश्व स्वास्थ्य संगठनले संक्रमण नियन्त्रणका लागि नेपाललाई आवश्यक सबै सहयोग दिन तयार रहेकोपनि डा. जोसले प्रतिबद्धता जनाउनुभयो ।

स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न आग्रह
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई निर्धक्क भएर काम गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभएको छ । सोही अवसरमा बोल्दै उहाँले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुको मनोबल घटाउने काम नगर्न आग्रह गर्नुभयो । विभिन्न ठाउँका संक्रमित स्वास्थ्यकर्मीहरुलाई अमानवीय व्यवहार गरिएको भन्दै संक्रमितलाई हेपाहा प्रवृत्ति देखाउँदा ‘कन्ट्याक ट्रेसिङ’ गर्न गाह्रो हुने र संक्रमण झनै फैलिने उहाँको भनाइ छ । सत्यपाटी

You might also like