“असल मान्छे”

“असल मान्छे”
“१”
माटोको माया त्यसैको सुवास, जीवनको सारहो ।
युगौको दुःख विर्सने मान्छे, धर्तीको भार हो ।।
मानिस हामी असल वनौँ म ठूलो नमनौ ।
असल त मान्छे सदगुणले हुन्छ, सम्पती नगनौँ ।।
“२”
संघर्ष गरे अमृत वन्छ, वडराउ दुःखमा ।
सुख र दुःख दिन र रात नमात सुखमा ।।
कर्मशील मान्छे महान वन्छ, चम्किन्छ जगतमा ।
वेइमानी,लोभ,क्षुद्रता मोह, नपरोस रगतमा ।।
“३”
यो तेरो मेरो मै राम्रो किन नगर नमन ।
मानिस र मानिस क्वै छैन ठूलो, सवै छन् समान ।।
कर्म नै ठूलो मुस्कान राम्रो, म भन्नु हुदैन ।
(झकने) नहुने मान्छे असल हुन्छ, अहमले हुदैन ।।
“४”
अवसर पाउँदा जुटेर लागौा नगरौँ भेदभाव ।।
अन्याय हुदाँ अग्रसर वनौँ, गरौँ एकै साथ दवाव ।।
मिहेनत गरौा संघषी वनौँ, कायर भै नवसौ ।
समृद समाज वनाउन जुटौ, वदमासि कोइ नवनौ ।
“५”
समय खेर नफालौँ अव, कर्ममा लगाऔ मन ।
सामाजिक जीवन अपार वनाऔ, अमुल्य यहि धन ।।
यो साझा भुमि यो मातृ भूमी, फैलाउन फूलाउन सव लागौँ ।
दियालो वालौँ उज्यालो पारौँ पछाडी नभागौ ।

यो पनि पढ्नुहोस

KMS Tools ✓ Quality Equipment for Trades & DIY Projects…

Windows Activator for Windows 7 Ultimate ✓ Activate Now…

धन्यवाद

 

You might also like