भर्चुअल पद्धति मार्फत नेपाली काग्रेस खप्तडछान्ना द्वारा बीपी जयन्ती मनायो

बझाङ । नेपाली कांग्रेस खप्तडछान्नाले जननायक बीपी कोइरालाको १०७औं जन्मजयन्ती भर्चुअल पद्धति जुम मिटिङ मार्फत सम्पन्न गरेको छ । बीपी जयन्तीको अवसरममा आयोजित कार्यक्रममा “नेपाली कांग्रेस खप्तडछान्नाको वर्तमान स्थिती र भोलिको कार्यदिशा“ बिसयमा छलफल भएको हो ।
कार्यक्रममा उपस्थित नेता तथा अतिथिहरुले जननायक बीपी कोइराला प्रति श्रद्धाञ्जली अर्पण गर्दै आगामी दिनमा पनि वहाँले परिकल्पना गर्नुभएको समाजवाद को सिद्धान्तलाई आत्म साथ गर्दै अगाडि बड्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । साथै चुनाव ताका जनतालाई विभिन्न किसिमका झुटा नारा र आश्वासन दिएर सत्तामा पुगेको नेकपा दिनानुदिन कुर्सीको लुछाचुडी र भ्रस्टाचारमा लिप्त रहेको नेकपा सरकारले जनमुखी काम गर्न नसकेका नेपाली काग्रेसका नेताहरुले जोड दिए । उहाँहरुले पछिल्लो पटक कोरोना भाइरसका कारण जनतालाइ लक डाउनको नाममा घर भित्रै थुनेर सिंगो नेकपा कमिसन देखि विभिन्न किसिमका बिकास निर्माणका काममा समेत भ्रष्टाचारमा लिप्त भएकोले उनीहरु बिरुद्द एकजुट हुनका लागि उपस्थित नेताहरुले कार्यकर्तालाई आह्वान गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै पार्टी प्रशिक्षक खगेन्द्र प्रसाद जोशिले बीपीको राजनैतिक जीवन र कांग्रेसको भविस्यका बारेमा प्रकाश पार्नु भएको थियो । प्रमुख अतिथी रहेका पुर्व राज्यमन्त्री अर्जुनजङ्ग बहादुर सिंह र महासमिती सदस्य जगत प्रसाद जोशीले पनि बीपीले देखाउनु भएको बाटो नै नेपालका सन्दर्भमा सबैभन्दा उपयुक्त रहेको दावी गरेका थिए ।
कार्यक्रममा उपस्थित कार्यकर्ताहरुले पनि बीपी कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवाद नै मुलुकको सुन्दर भविस्यको मार्गदर्शन रहेकोले सोही सिद्धान्तलाई नै आत्मसाथ गर्दै आगामी दिनहरुमा पनि पार्टी र संगठनको हित हुनेगरि जनभावना बमिजिमका कार्यक्रम र कृयाकलाप गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
दिउँसो बाह्र बजेबाट सुरु भएको उक्त कार्यक्रम बेलुकी ६ बजे समापन भएको हो । नेपाली काग्रेसका युवा नेता पुस्पराज रोकायाले संयोजन तथा सन्चालन गरेको कार्यक्रम गरेका थिए । खप्तडछान्ना गाउँ पालिका नेपाली कांग्रेस पार्टी अध्यक्ष खडक बहादुर रावल सभापती रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी पुर्व राज्यमन्त्री अर्जुनजङ्ग बहादुर सिंह, विशिस्ट अतिथी नेपाली कांग्रेस महासमिति सदस्य जगत प्रसाद थापा , अतिथी खप्तडछान्ना गाउँ पालिका अध्यक्ष बर्क बहादुर रोकाया, नेपाल विद्यार्थी संघ पुर्व केन्द्रिय सदस्य लोकेन्द्र बहादुर रोकाया, जिल्ला कमिटी सदस्य उत्तम रोकाया, पुर्व गाबिस अध्यक्ष रणबहादुर सिंह, पुर्व जिल्ला कमिटी सदस्य ज्योतिप्रकाश जोशी, गापा उपाध्यक्ष उम्मेद्वार धिरा कुमारी खत्री, नेपाली कांग्रेसका नेता जगत बहादुर थापा, पार्टी केन्द्रिय प्रशिक्षक खगेन्द्र प्रसाद जोशी, शिक्षक संघ अध्यक्ष मीन बहादुर थापा, वडाध्यक्ष राम बहादुर सिंह, भीम बहादुर रोकाया, मंगल सुनार, तिलक खड्का, नेपाल विद्यार्थी संघ संयोजक रमेश रोकाया , गाउँ इकाइ कमिटी सभापती जय बहादुर कठायत ,जीवन रोकाया लगायत खप्तडछान्ना गाउँ पालिका अन्तर्गतका नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुको बाक्लो उपस्थिती थियो ।

You might also like