प्रदेश-१ कै उत्कृष्ठ बरूणेश्वर मावि, ओखलढुंगाका प्रअ कुलप्रसाद खतिवडा

 

प्रदेश-१ कै उत्कृष्ठ बरूणेश्वर मावि, ओखलढुंगाका प्रअ कुलप्रसाद खतिवडा

२०६९ ओखलढुङ्गा जिल्लाकै शैक्षिक सुधारलाई केन्द्रबिन्दु बनाएर त्यहाँका सबै पेशागत संघसंगठनहरू, जिशिका, राजनीतिक दलहरु, शैक्षिक सरोकारवालाहरुको संयुक्त गोष्ठीले जिल्लाको शैक्षिक सुधारको तीन वर्षे मार्गचित्र निर्माण गरेको थियो।त्यहाँ सबै विद्यालयहरूले नमुना विद्यालय बनाउने प्रतिबद्धता जाहेर गरेका थिए। मैले पनि प्रतिबद्धता जाहेर गरेँ। अनि, विद्यालय सुधारमा कटिबद्ध भएर दिनरात लागेँ । प्रतिबद्धता जाहेर गर्ने जिल्लाकै पहिलो प्रधानाध्यापक पनि म नै थिएँ । शैक्षिक, भौतिक र आर्थिक रुपमा नमूना विद्यालय बनाउने मार्गचित्र त्यति बेलै बनाएँ। अनि निरन्तर शैक्षिक अभिवृद्धिका योजनाहरू विद्यालयमा बनाउन थालेँ र सबैको सहयोगले विद्यालयले प्रगति गर्न थाल्यो। सबैभन्दा ठूलो कुरो, सुधारको चाहना नै रहेछ । चाहना भए बहाना हराउने रहेछ।हामीले संस्थागत विद्यालयका राम्रा अभ्यास, अन्य राम्रा विद्यालयका नमूना कार्यको अध्ययन गरेर लागू गर्न शुरु गर्‍यौँ । अभिभावकको साथ र शिक्षक साथीहरुको निरन्तर सहयोग मिल्यो। विद्यालय सुशासनको थालनी गर्‍यौँ ।

साभारः एजुकेसन पाटी अनलाइन पत्रिका, २०७४ कार्तिक २ गते ।

    ओखलढुंगा जिल्लाको शैक्षिक सुधार मार्गचित्र २०७१-२०७३

 नमुना विद्यालय घोषणा गर्न प्रतिबद्धता जाहेर गरेका विद्यालय र प्रअहरू

  • श्री रूम्जाटार मावि रूम्जाटार ओखलढुंगाः  गोकर्णबहादुर बानियाँ
  •  श्री बरूणेश्वर मावि रामपुर बरूणेश्वर ओखलढुंगाः कुलप्रसाद   खतिवडा
  •  श्री कुन्तादर्शन आवि ढकालगाउँ, कुन्तादेवी ओखलढुंगाः     यामुलाल ढकाल
  •  श्री ग्रामोन्नति आवि खाल्टे, गाम्नाङटार ओखलढुंगाः हरिशङ्कर भट्टराई
  •    श्री जाल्पा मावि दियाले ओखलढुंगाः रूद्रप्रसाद निरौला
  • श्री सगरमाथा जनता मावि ओखलढुंगाः सुमन राजभण्डारी
  •  श्री ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङटार ओखलढुंगाः     प्रेमप्रसाद भट्टराई
  •  श्री कालिका आवि चुहानछाप, ठूलाछाप ओखलढुंगाः    मोहनकुमार कार्की
  •    श्री ज्ञानप्रकाश मावि घोराखोरी, फूलबारी ओखलढुंगाः काशिराम     कार्की
  • श्री पुण्यमाता मावि बेतिनी ओखलढुंगाः खडानन्द खतिवडा
  • श्री विद्याकालिका आवि माधवपुरः होमनाथ बास्तोला ।

(स्रोतःओखलढुंगा जिल्लाको शैक्षिक सुधार मार्गचित्र २०७१-२०७३, २०७० माघ २५ र २६ गते)

 

You might also like