बझाङमा स्क्रब टाईफसका विरामी बढ्दै

बझाङ – कोरोना भाईरस महामारीको सन्त्रास फैली रहेका बेला बझाङमा स्क्रब टाईफसका जोखीम समेत बढ्दै गएको छ । स्क्राब टाईफस गएको विहीबार एक महिलाको मत्यु भएपछि समुदायमा यो रोगको पनि त्रास फैलिएको छ ।
दुर्गाथली गाँउपालिका वडा नम्बर एक घर भएकी २२ बर्षिया एक महिलाको स्क्रब टाईफस रोग बाट विहिवार निधन भएको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए । उनले भने विरामी महिला एक हप्ता अघि देखी विरामी भएर गाँउकै क्लीनिकको उपचारले निको नभएपछि गम्भिर अवस्थामा जिल्ला अस्पताल ल्याईएको थियो । उनको उपचारका क्रममा निधन भएको हो ।

अस्पतालमा ल्याब परिक्षण गर्दा मृतक महिलामा स्क्रब टाईफस पुष्टी भएको थियो । जिल्ला अस्पतालका डाक्टरहरुका अनुसार स्क्रब टाईफस बझाङमा पहिलो पटक देखा परेको हो । किर्ना प्रर्जातिले टोकेमा लाग्ने यो रोगको लक्षण उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरिरमा स-साना विविरा आउने, हालखुट्टा दुख्ने , दिउसो ठिक भएपनि राती बढी ज्वरो आउने लक्षण रहेने गरेको बताईएको छ ।
जिल्लामा एक सातायता मात्रै २५ जनामा स्क्रब टाईफस देखीएको डाक्टर खड्काले जानकारी दिनुभयो ।उनका अनुसार अहिले यो रोगको प्रकोप जिल्लाको जयपृथ्वी नगरपालिका, खप्तड-छान्न गाँउपालिका, थलारा गाँउपालिका,  दुर्गाथली गाँउपालिका, र मष्टा गाँउपालिकामा देखा परेको छ।

यस बाट बच्नका लागी जिल्ला अस्पतालले ब्यक्तीगत र घर आगन सरसफाईमा जोड दिने, पशुचौपाया, मुसाहरु बाट बच्ने, ओसीलो ठाँउमा बस्दा वा काम गर्दा शरीर कपडाले ढाक्ने सुझाबहरु दिने गरेका छन् ।स्क्रब टाईफसको उच्चजोखीममा महिलाहरु बढी रहेको डाक्टर मिलन खड्काले बताए २५ जनामध्ये १२ जना भन्दा बढी महिला रहेका छन् । महिलाहरु पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा महिलाहरु घाँस तथा स्याउला सोतर गर्ने भएका कारण पुरुष भन्दा बढी महिलाहरु स्क्रबको जोखीममा रहेका उहाँले जानकारी दिनु भयो ।

You might also like