सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार लुइस ग्लुकलाई
नोबल पुरस्कार कमिटीले सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुइस ग्लुकलाई प्रदान गर्ने निर्णय गरेको छ । १० मिलियन डलरको यो पुरस्कार अत्यन्तै सम्मानित र आकर्षक पुरस्कार हो । हङ्गेरिनय मूलका लुइस ग्लुक सन् १९४३ मा अमेरिकामा जन्मेकी हुन् भने पाँच दशकदेखि कविता पठन र लेखनमा नै पूर्णतः समर्पित छिन्।फलतः उनको कवितामा आश्चर्य पाउन सकिने विश्लेषण हुने गरेको पाइन्छ ।मूलतः उनको कवितामा आत्मकथात्मकता र आत्मस्वीकारात्मकता पाउने समालोचनकहरूको ठम्याइ रहेको छ ।सन् १९९९ मा नै भिटा नोभा चर्चित कविता सङ्ग्रह प्रकाशित गरेकी ७७ वर्षीय यी कविले अन्य थुप्रै पुरस्कारहरू पाएर पुरस्कारको लामो शृङ्खला नै तयार पारेकी छन् । जे होस, उनले जीवनभरि कवितामा चलाएको निर्विवाद कलम र कुचीको सम्मानित भएको छ । विश्वमै एकपटक साहित्यिक कविता विधाको महिमा बढेको छ ।